प्रतिनिधिसभा विघटन संसदीय व्यवस्थाको असफलता : नेता वैद्य (भिडियोसहित) « Khabarhub

प्रतिनिधिसभा विघटन संसदीय व्यवस्थाको असफलता : नेता वैद्य (भिडियोसहित)


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधिसभाको विघटन संसदीय व्यवस्थाको असफलता भएको बताएका छन ।

नेकपा क्रान्तिकारी माओवादी ३ नंं. प्रदेशले २६ औं जनयुद्ध दिवसको अवसरमा शनिबार काठमााडौंमा आयोजना गरेको युवा मार्चपासको समापन कार्यक्रममा उनले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाईदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताएका हुन ।

उनले दुई तिहाई बहुमतको धाक देखाएका सरकार पूर्ण रुपमा अफल भएको तर्क गरे । दलहरुकै कारण जनयुद्धका आशिंक उपलब्धि नै गुम्ने खतरा भएको उनले तर्क गरे ।

हेरौँ भिडियो

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सिपी गजुेरलले नेपालको संसदीय व्यवस्थालाई नै परिवर्तन गर्नुपर्ने धारणा राखे । प्रतिनिधिसभाको विघटनपछि दलहरुको व्यवहारका कारण जनताहरु नै अलमलमा परेको उनको भनाइ छ ।

त्यसअघि काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको मार्चपास पुरानो बसपार्क, शहीदगेट, सुन्धरा, वायुसेवा निगम, न्युरोड गेट, वीरअस्पताल हुँदै‌ पुनः शान्तिबाटिकामा पुगेर जनसभामा परिणत भएको थियो ।

जसभामा सो पार्टीका महासचिव वैद्यले २६ वटा मशाल बालेर तथा २६ वटा तोप पड्काएर जनयुद्ध समारोह तथा जनसभाको शुभारम्भ गरेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ८ : ०२ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको