गायक योगेशलाई ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड’ « Khabarhub

गायक योगेशलाई ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड’


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विन्ध्यवासिनी फाउण्डेसनले आगामी चैतमा काठमाडौंमा आयोजना गर्न लागेको एघारौं संस्करणको ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७७’मा गायक योगेश वैद्यलाई ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड २०७७’बाट सम्मान गर्ने भएको छ ।

राजधानीमा शनिबार भएको फाउण्डेसनको सातौं वार्षिक भेलाले वैद्यलाई उक्त अवार्डबाट सम्मान गर्ने निर्णय गरेको हो । यो सम्मानको राशी एक लाख रुपैंयाँ रहेको छ ।

भेलाले गायिका कुन्ती मोक्तानलाई ५० हजार रुपैंयाँ राशीसहितको ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०७७’बाट सम्मान गर्ने निर्णय गरेको छ ।

त्यस्तै गायिका माण्डवी त्रिपाठीलाई २५ हजार रुपैंयाँसहित ‘विन्ध्यवासिनी संगीत रत्न सम्मान २०७७’बाट सम्मान गर्ने निर्णय गरेको छ ।

यसैगरी भेलाले पत्रकार अनन्त वाग्लेलाई ‘विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान २०७७’ बाट सम्मान गर्ने निर्णय गरेको छ । यो सम्मानको राशी २५ हजार रुपैंयाँ रहेको छ ।

फाउण्डेसनकी अध्यक्ष लिना रेग्मीले फाउण्डेसनको सल्लाहकारहरुको सिफारिस तथा पूर्व सम्मानित र फाउण्डेसनका आजीवन सदस्यको उपस्थितिमा यो निर्णय गरिएको बताइन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ९ : १० बजे

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६