गायक योगेशलाई ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड’ « Khabarhub

गायक योगेशलाई ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड’


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विन्ध्यवासिनी फाउण्डेसनले आगामी चैतमा काठमाडौंमा आयोजना गर्न लागेको एघारौं संस्करणको ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७७’मा गायक योगेश वैद्यलाई ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड २०७७’बाट सम्मान गर्ने भएको छ ।

राजधानीमा शनिबार भएको फाउण्डेसनको सातौं वार्षिक भेलाले वैद्यलाई उक्त अवार्डबाट सम्मान गर्ने निर्णय गरेको हो । यो सम्मानको राशी एक लाख रुपैंयाँ रहेको छ ।

भेलाले गायिका कुन्ती मोक्तानलाई ५० हजार रुपैंयाँ राशीसहितको ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०७७’बाट सम्मान गर्ने निर्णय गरेको छ ।

त्यस्तै गायिका माण्डवी त्रिपाठीलाई २५ हजार रुपैंयाँसहित ‘विन्ध्यवासिनी संगीत रत्न सम्मान २०७७’बाट सम्मान गर्ने निर्णय गरेको छ ।

यसैगरी भेलाले पत्रकार अनन्त वाग्लेलाई ‘विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान २०७७’ बाट सम्मान गर्ने निर्णय गरेको छ । यो सम्मानको राशी २५ हजार रुपैंयाँ रहेको छ ।

फाउण्डेसनकी अध्यक्ष लिना रेग्मीले फाउण्डेसनको सल्लाहकारहरुको सिफारिस तथा पूर्व सम्मानित र फाउण्डेसनका आजीवन सदस्यको उपस्थितिमा यो निर्णय गरिएको बताइन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ९ : १० बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,