किम जोङ उन चढेको रेलले ‘रेड कार्पेट’ मिस गरेपछि… (भिडियो सहित) « Khabarhub

किम जोङ उन चढेको रेलले ‘रेड कार्पेट’ मिस गरेपछि… (भिडियो सहित)


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुस– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न रेलमार्गबाट सुदूरपूर्वी रुसको भ्लादिभोस्तोक शहर पुगेका उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको रेलले रातो कार्पेट ‘मिस गरेको’ भिडियो अहिले भाइरल भइरहेको छ ।

सर्वोच्च नेता किम चढेको रेलबाट उत्रने बेला किम चढेको रेलका डिब्बा उनलाई स्वागत गर्न ओछ्याइएको रातो कार्पेट कटेर केही अगाडी गयो ।

भ्लादिभोस्तोक रेल स्टेशनमा सर्वोच्च नेता किम चढेको रेल रोकिएपछि उनका सहयोगीले उनलाई ओर्लिन सजिलो होस् भनेर रेलको डिब्बाको ढोकामा र्‍याम्प राख्न तयार भएका थिए । तर, उनी रहेको डिब्बाको ढोका रातो कार्पेट कटेर केही अघि गएपछि भने र्‍याम्प कहाँ राख्ने भनेर उनका सहयोगी रनभूल्लमा परेका थिए ।

त्यसपछि उनी चढेको रेललाई केही फिट पछि सारियो र रातो कार्पेट ओछ्याइएको ठाउँमै मिल्नेगरी रोकियो । त्यसपछि उनका सहयोगीले उनी रहेको डिब्बाको ढोका र रातो कार्पेटसँग जोडेर र्‍याम्प राखे ।

त्यसपछि सर्वोच्च नेता किम रेलबाट कालो ओभरकोट र कालो फिडोरा टोपी लगाएर बाहिर निस्के ।

यस्तो छ भिडियो

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ६ : ३१ बजे

एसिसी प्रिमियर कपको नयाँ तालिका सार्वजनिक: नेपालले भदौ १५ मा बहराइनसँग खेल्ने

काठमाडौँ – एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रिमियर कपको नयाँ

देउवा आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किने भएपछि विमानस्थलमा

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं– कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता

प्युठानमा पाँच जनाको बेवारिसे शव फेला

काठमाडौँ – प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा रहेका खोलाका किनारमा

प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जङ्गली