‘राधे श्याम’मा रोमियो प्रभाष ? « Khabarhub

‘राधे श्याम’मा रोमियो प्रभाष ?


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभाष अभिनित फिल्म ‘राधे श्याम’को टिजर सार्वजनिक भएको छ । फिल्म युनिटले भ्यालेन्टाइन डेको अवसर पारेर आइतबार टिजर रिलिज गरेको हो । टिजरसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ ।

टिजरमा प्रभाषलाई प्रेममा परेका एक युवकको लुक्समा देखाइएको छ । टिजर रिलिज भएको केही घण्टामै ४ लाख ८० हजार बढीले हेरिसकेका छन् ।

टिजरमा एक रेल्वे स्टेसनमा प्रभाष आफ्नो प्रेमिका पूजा हेगडेसँग केही कुरा बोलिरहेका छन् । सोहीक्रममा पूजाले प्रभाषलाई ‘आफूले आफूलाई रोमियो सम्झन्छौं हो ?’भन्दै सोधेकी छन् ।

जवाफमा प्रभाषले ‘होइन, उनले प्रेमका लागि ज्यान दिएकी थिइन्, म त्यो किसिमको छैन’ भनेका छन् ।

फिल्म आगामी जुलाई ३० मा रिलिज हुँदैछ । फिल्म हिन्दी, अंग्रेजी र तेलुगू भाषामा रिलिज हुँदैछ । राधाकृष्ण कुमार निर्देशित फिल्ममा वामसी कृष्णा रेड्डी, प्रमोद उप्पलपति र भूषण कुमारको लगानी छ ।
–एजेन्सी

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १ : १५ बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको