‘राधे श्याम’मा रोमियो प्रभाष ? | Khabarhub Khabarhub

‘राधे श्याम’मा रोमियो प्रभाष ?


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभाष अभिनित फिल्म ‘राधे श्याम’को टिजर सार्वजनिक भएको छ । फिल्म युनिटले भ्यालेन्टाइन डेको अवसर पारेर आइतबार टिजर रिलिज गरेको हो । टिजरसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ ।

टिजरमा प्रभाषलाई प्रेममा परेका एक युवकको लुक्समा देखाइएको छ । टिजर रिलिज भएको केही घण्टामै ४ लाख ८० हजार बढीले हेरिसकेका छन् ।

टिजरमा एक रेल्वे स्टेसनमा प्रभाष आफ्नो प्रेमिका पूजा हेगडेसँग केही कुरा बोलिरहेका छन् । सोहीक्रममा पूजाले प्रभाषलाई ‘आफूले आफूलाई रोमियो सम्झन्छौं हो ?’भन्दै सोधेकी छन् ।

जवाफमा प्रभाषले ‘होइन, उनले प्रेमका लागि ज्यान दिएकी थिइन्, म त्यो किसिमको छैन’ भनेका छन् ।

फिल्म आगामी जुलाई ३० मा रिलिज हुँदैछ । फिल्म हिन्दी, अंग्रेजी र तेलुगू भाषामा रिलिज हुँदैछ । राधाकृष्ण कुमार निर्देशित फिल्ममा वामसी कृष्णा रेड्डी, प्रमोद उप्पलपति र भूषण कुमारको लगानी छ ।
–एजेन्सी

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १ : १५ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कप : भारतसँगको रोचक भिडन्तमा ओमान २१ रनले पराजित

काठमाडौं – एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन

आज २०८२ साल असोज ४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन