फेसबूकले बनाउँदैछ ‘स्मार्टवाच’ « Khabarhub

फेसबूकले बनाउँदैछ ‘स्मार्टवाच’


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर स्मार्टवाचको लोकप्रियता बढ्दो छ । अब स्मार्टवाचको बजारमा फेसबूक पनि प्रतिस्पर्धामा उत्रिने भएको छ ।

विभिन्न रिपोर्टका अनुसार फेसबूकले एक स्मार्टवाच निर्माणका लागि काम गरिरहेको छ । जसले प्रयोगकर्तालाई आफ्ना सर्भिस (जस्तै ह्वाट्सएप, इन्स्टाग्राम, म्यासेन्जर) का माध्यमबाट सन्देश पठाउने सुविधा दिनेछ ।

साथै उक्त स्मार्टवाचमा हेल्थ र फिटनेस फिचर पनि हुने समाचार स‌ंस्था द भर्जले जनाएको छ ।

द भर्जका अनुसार फेसबूकले गोप्य रुपमा स्मार्टफोनमाथि काम गरिरहेको छ र सम्भवतः अर्को वर्ष यसको विक्रीसमेत थालिनेछ ।

स्मार्टवाच निर्माणसँगै फेसबूक हार्डवयर इकोसिस्टमको हिस्सा बन्ने भएको छ । यसमा पहिलेदेखि भर्चुअल रियालिटी हेडसेट, भिडियो कलिङ डिभाइस, स्मार्ट ग्लास समावेश छन् ।

स्मार्टवाचले विना मोबाइल पनि म्यासेज आदानप्रदान गर्ने सुविधा दिने अनुमान गरिएको छ । यो स्मार्टवाचमा इन्टरनेट कनेक्सन हुने र सीधै ह्वाटसएप, म्यासेन्जर, इन्स्टाग्राममा कुरा गर्न सकिने सुविधा हुनसक्ने विभिन्न रिपोर्टहरुमा बताइएको छ ।

फेसबूकले स्मार्ट चश्मा निर्माणमा पनि काम गरिरहेको छ । सफ्टवेयरमा निकै अगाडि फेसबूक अब हार्डवेयरमा पनि आफ्नो वर्चश्व बनाउने योजनामा छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १ : ४५ बजे

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित