विद्यालय तहको सबै परीक्षा जेठभित्र सक्ने तयारी | Khabarhub Khabarhub

विद्यालय तहको सबै परीक्षा जेठभित्र सक्ने तयारी


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ का कारण प्रभावित बनेको चालु शैक्षिक सत्रको विद्यालय तहको सबै परीक्षा जेठ महीनाभित्र सक्ने गरी तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले यस चालु शैक्षिक सत्रलाई जेठमा सक्ने तयारी गरेसँगै यस वर्षको शैक्षिक सत्र दुई महीना लम्बिएको हो ।

शिक्षा पत्रकार समूहले आइतबार गरेको भर्चुअल मिटिङमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विद्यालय तहका सबै परीक्षा जेठ महीनाभित्र सकेर असारबाट नयाँ शैक्षिक सत्र सुरू गर्ने बताए ।

उनले भने, ‘यसका लागि शिक्षा नियमावलीले गरेको व्यवस्थालाई संशोधन गरिएको छ । संशोधित नियमावलीलाई अबको केही दिनभित्र बजेटमा सार्वजनिक गरिने छ ।’

आगामी वर्षको शैक्षिक सत्रलाई दुई महीना छोट्याएर चालु शैक्षिक सत्रलाई जेठसम्ममा लैजाने तयारी भएको उनले बताए ।

यस वर्षको शैक्षिक सत्र दुई महीना लम्ब्याउने र आगामी वर्षको शैक्षिक सत्र १० महीना मात्र सञ्चालन गर्न पनि सकिने उनको धारण रहेको थियो ।

त्यस्तै कोभिड–१९ का कारण अन्यत्र गई पढ्न थालेका विद्यार्थीलाई स्थानान्तरण गर्न सकिने गरी शिक्षा नियमावली संशोधन गरिएको पनि उनले जानकारी दिए ।

सरकारले चालु सरकारको शैक्षिक सत्र अन्त्यको समय सीमा निर्धारण गरेपछि आफूहरुले प्राविधिक तयारी गरेर अन्तिम परीक्षा सञ्चालन गर्न तयार रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले बताए ।

जेठमा शैक्षिक सत्रको अन्त्य गर्दा विद्यार्थीले चार महीनामा विद्यार्थीले कति पढेर कति सिक्छन् भन्ने कुरालाई पनि ध्यानमा राखेर अन्तिम परीक्षाको टुङ्गो लगाउनुपर्ने नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  २ : ५५ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७