स्रोत नखुलेको १ लाख ९० हजार रुपैयाँसहित ४ पक्राउ « Khabarhub

स्रोत नखुलेको १ लाख ९० हजार रुपैयाँसहित ४ पक्राउ


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्रोत नखुलेको १ लाख ९० हजार रकमसहित ४ जनालाई पक्राउ गरेको छ ।

सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठसहित ४ जना कर्मचारीलाई उक्त परिमाणको स्रोत नखुलेको रकमसहित अख्तियारको टोलीले पक्राउ गरको हो ।

विशेष सूचनाका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीसहित इन्जिनियर निर्मल पन्त, सवइन्जिनियर प्रेमकुमार बराल र सवारी चालक मानसिंह पुन मगर समेतलाई रुपन्देहीको सैनामैना नगरपालिका-१० स्थित कोठी वनबाट नियन्त्रणमा लिएको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ५ : ०१ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा