चिया पसलेको हत्या आरोपमा थापामगर पक्राउ  | Khabarhub Khabarhub

चिया पसलेको हत्या आरोपमा थापामगर पक्राउ 


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- सापटी लिएको रकम फिर्ता नदिएको निहुँमा चिया पसले वृद्धको हत्या गरेको आरोपमा सिरहा प्रहरीले एकलाई पक्राउ गरी विहीबार सार्वजनिक गरेको छ ।

सापटी लिएको रु चार हजार ५०० मध्ये रु तीन हजार फिर्ता नदिएको निहुँमा लहान नगरपालिका–९ गोठटोलका ६९ वर्षीय रतनबहादुर तामाङको हत्या गरेको आरोपमा प्रहरीले सप्तरीको राजविराज नगरपालिका–३ निवासी ५५ वर्षीय ज्ञानबहादुर थापामगरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

धनगढीमाई नगरपालिका–१० स्थित राममन्दिर परिसरबाट पक्राउ परेका थापामगरलाई इलाका प्रहरी कार्यालय लहानमा राखी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

तामाङको शव गत शनिबार लहान नगरपालिका–१७ स्थित गोबिन्दपुरगढी स्थानको किनारमा फेला परेको थियो । धारिलो हतियार प्रहार गरी तामाङको हत्या भएको घटना प्रकृतिबाट देखिएपछि अनुसन्धान गर्दै जाँदा थापामगरको संलग्नता पाइएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ७ : ३९ बजे

राजेन्द्र लिङ्देन भन्छन्ः राप्रपाको नेतृत्वमा मात्र विकास सम्भव छ

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक

उज्बेकिस्तानसँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा

रुम्टाखोलामा पक्की पुल, बर्खामा सवारिसाधन ठप्प हुने समस्याको अन्त्य

गलकोट– आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले