भारतमा हिमताल फुटेर आएको बाढीमा ज्यान गुमाउनेको संख्या ५० पुग्यो « Khabarhub

भारतमा हिमताल फुटेर आएको बाढीमा ज्यान गुमाउनेको संख्या ५० पुग्यो


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ५० जनाको शव भेटिएको छ ।

भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचा नभएको स्थानीयप्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

“कूल शवमध्ये १२ वटा शव आइतबार भेटिएको हो, तीमध्ये पाँच वटा तपोवन सुरुङमा, छ वेटा रानीवन गाउँमा र अर्को एउटा शव रुद्रप्रयागमा भेटिएको हो,” प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उनीहरूको शवबाहेक घटनास्थलबाट अरु २३ वटा मानव अङ्ग पनि भेटिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । चमोली जिल्लाका विभिन्न ठाउँबाट ती अङ्गहरू भेटिएका हुन् ।

घटनास्थलमा भेटिएका शवहरूको डीएनए परीक्षण गर्ने र पहिचान गर्ने तयारी भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

हिमपहिरोका कारण अरु झण्डै १५० जना अझै पनि हराइरहेको जनाइएको छ । बेपत्ता भएका अधिकांश व्यक्ति विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् । उत्तराखण्डमा गत आइतबार विद्युतगृह भएको ठाउँमा हिमपहिरो गएको हो ।

मृतक तथा बेपत्ता भएका व्यक्तिहरू भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बङ्गाल, विहार, झारखण्डका रहेका छन् । त्यसैगरी केही व्यक्ति नेपाली पनि भएको अधिकारीहरूले जनाएका छन् ।

हिमपहिरोका कारण तीव्र बेगको पानी र हिउँले पुल, सडक र दुई वटा विद्युतगृहमा ठूलो क्षति पुगेको छ । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुङ्गाका कारण सुरुङभित्रै थुनिएका व्यक्तिहरूको खोजी तथा उद्धार प्रयास अझै पनि जारी छ । राष्ट्रिय र राज्य उद्धार टोली, सेना र प्रहरीका टोली घटनास्थलमा खटिएका छन् ।

भारतीय अधिकारीले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर यो हिमताल विष्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ ।

विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र विस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिरा बढी नै जान थालेको विज्ञले औँल्याएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ९ : २७ बजे

हारजितको अनुमान र मत सर्वेक्षणप्रति निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हारजितको अनुमान

रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै

एजेन्सी– रूस र यूक्रेनबीचको युद्ध नजिकिँदै चार वर्षपछि फेरि अमेरिकाको

प्रसाईँलाई रिहा गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

प्रतिनिधिसभा सदस्य निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो, जोरालाई मौका

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले