कक्षा १२ का विद्यार्थीलाई परीक्षा आवेदन फाराम भर्न बोर्डको अनुरोध « Khabarhub

कक्षा १२ का विद्यार्थीलाई परीक्षा आवेदन फाराम भर्न बोर्डको अनुरोध


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको १२ कक्षामा पढ्ने विद्यार्थीहरुलाई परीक्षा आवेदन फाराम भर्न अनुरोध गरेको छ । बोर्डले सूचना जारी गर्दै परीक्षा आवेदन फर्म भर्न सम्बन्धित सबैलाई सुचित गरेको हो ।

कक्षा १२ का नियमित, ग्रेड वृद्धि आंशिक परीक्षार्थीहरूको (साधारण, संस्कृत तथा प्राविधिक समूह) का विद्यार्थीलाई बोर्डले परीक्षा आवेदन भर्न आग्रह गरेको हो ।

सम्बन्धन प्राप्त माध्यमिक विद्यालय तथा क्याम्पसमा कक्षा १२ मा अध्ययन गरी २०७८ सालमा संचालन गरिने वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेड वृद्धिको परीक्षा दिन चाहने विद्यार्थीले पनि सो फाराम भर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भरी सम्बन्धित विद्यालयमार्फत आगामी चैत २२ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयमा आवेदन पेश गर्न बोर्डले विद्यार्थी र सम्बन्धित विद्यालयहरुलाई सूचित गरेको छ ।

त्यस्तै ११ कक्षाका विद्यार्थीहरुलाई रजिष्टेशन आवेदन फाराम भर्न पनि बोर्डले सूचित गरेको छ ।

शैक्षिक सत्र २०७७/७८ मा ११ कक्षामा भर्ना भएका विद्यार्थीहरुले पाठ्यक्रम विकास केन्द्रको मिति २०७७/०६/०२ गतेको सूचना बमोजिम तोकिएको भर्नाका आधारलाई पालना गरी रजिष्टेशन आवेदन फाराम भर्नुपर्ने बोर्डले जनाएको छ ।

प्रति विद्यार्थी चार सयका दरले रजिष्टेशन बापत लाग्ने रकम बोर्डको सम्बन्धित कार्यालयको खातामा जम्मा गरी फागुण मसान्त सम्ममा आवेदन फारम बुझाउनुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  २ : १० बजे

संसद्‌मा अस्ट्रेलियाली प्रधानमन्त्रीको सम्बोधन, ‘यो दुःखमा नेपाल एक्लै छैन’ 

काठमाडौं– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा आएको विनाशकारी बाढीले निम्त्याएको विपत्तिप्रति गहिरो दुःख

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको

माइतीघरमा ‍बिलौना : १३ दिन बित्यो, त्रिशूलीमा फसेका आफन्तको अझै उद्धार भएन

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा