संसद्‌मा अस्ट्रेलियाली प्रधानमन्त्रीको सम्बोधन, ‘यो दुःखमा नेपाल एक्लै छैन’  « Khabarhub

संसद्‌मा अस्ट्रेलियाली प्रधानमन्त्रीको सम्बोधन, ‘यो दुःखमा नेपाल एक्लै छैन’ 


२२ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा आएको विनाशकारी बाढीले निम्त्याएको विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै यो कठिन घडीमा नेपाल एक्लो नरहेको बताएका छन्।

अस्ट्रेलियाली संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजले बाढीका कारण अस्ट्रेलियाका ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको जानकारी दिएका छन्।

 उनले बेपत्ता नागरिकका परिवार तथा आफन्तप्रति सहानुभूति व्यक्त गर्दै उनीहरूको सकुशल उद्धारको आशा व्यक्त गरे।

नेपालले सोमबार राष्ट्रिय शोक मनाइरहेका बेला प्रधानमन्त्री अल्बानिजले सामाजिक सञ्जालमार्फत समेत विपत्तिमा ज्यान गुमाउने तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

अल्बानिजले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका थिए ।

प्रधानमन्त्री अल्बानिजले अस्ट्रेलिया सरकारले अस्ट्रेलियामा रहेका नेपाली, तिब्बती तथा भारतीय समुदायसँग निरन्तर समन्वय गरिरहेको पनि बताए।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  १२ : ४० बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि