शाहरुख र आलियाको फरक सहकार्य « Khabarhub

शाहरुख र आलियाको फरक सहकार्य


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–सन् २०१६ मा रिलिज फिल्म ‘डियर जिन्दगी’मा अभिनेत्री आलिया भट्ट र अभिनेता शाहरुख खानको सहकार्यलाई दर्शकले राम्रै रुचाएका थिए । पाँच वर्षपछि उनीहरु पुनः एकसाथ फिल्ममा सहकार्य गर्दैछन् ।

यसपटकको सहकार्य कार्यगत हिसाबले आलिया र शाहरुखको फरक हुनेछ । शाहरुख खानको प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘डार्लिङ’मा आलियाले प्रमुख भूमिका निभाउदैछन् ।

फिल्ममा शाहरुख अभिनेता नभई निर्माता मात्र हुनेछन् । फिल्मको चाँडै सुटिङ सुरु हुनेछ । केही समय अघि मात्र शाहरुखले आलियालाई स्क्रिप्ट सुनाउँदा उनी काम गर्न उत्साहित थिइन् ।

यो फिल्मबाट जसीमत के रेने निर्देशकका रुपमा ‘डेब्यू’ गर्दैछिन् । उनले कैयौं फिल्ममा सहायका निर्देशक र मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेकी छन् ।

जसमीतसँग ‘फोर्स २’, ‘फन्नी खान’ र ‘पति पत्नी और वो’ जस्ता फिल्म लेखनको अनुभव छ । फिल्म ‘डार्लिङ’मा आलियासँगै शेफाली शाह, विजय वर्मा र रोशन मेथ्यूको पनि अभिनय रहनेछ ।

फिल्मले जीवनमा पागलपनको अवस्थामा गुज्रिरहेका आमा र छोरीको कथा बोल्नेछ । ‘फिल्म मुम्बईको एक मध्यम वर्गीय परिवारको पृष्ठभूमिमा स्थापित छ र दुई महिलाको जीवनलाई दर्शाइनेछ । जहाँ उनीहरुले असाधारण परिस्थितिमा साहस र प्रेम पाउछन्’, निर्देशक जसमीतले भनेकी छन् ।
–एजेन्सी

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  २ : ३८ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित