समृद्ध कर्णाली निर्माणमा प्रयासरत छौँ : मुख्यमन्त्री शाही | Khabarhub Khabarhub

समृद्ध कर्णाली निर्माणमा प्रयासरत छौँ : मुख्यमन्त्री शाही


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीलाई समृद्धिको बाटोमा रुपान्तरण गर्न लागिपरेको बताएका छन् ।

प्रदेश सरकारको तेश्रो बार्षीकोत्सवको अवसरमा बोल्दै शाहीले ‘सुखारी कर्णालीबासी, समृद्ध कर्णाली’ निर्माण गर्न लागिपरेको बताएका हुन् ।

‘अभावै–अभावका बिचमा गुर्जीएकाले अझै पनि थुप्रै अभावका चाङ् हामी कहाँ छ,’उनले भने,‘तर पनि हामी निरन्तर प्रदेशको विकास र परिर्वतनमा लागिरहेका छौँ।’

कर्णालीका नागरिकहरु अझै पनि अँध्यारोमा बस्न बाध्य छन् । विकास निर्माण, सिँचाइ, खानेपानी अभाव थुप्रै छन् ,’मुख्यमन्त्री शाहीले भने । अभावहरुको परिपूर्ति कसरी गर्न सकिन्छ भन्ने पक्षमा हामी निरन्तर लागिरहेका छौँ ।’

कर्णालीमा अझै पनि ५१ प्रतिशत गरिबी रहेको बताउँदै शाहीले धनी प्रदेश निर्माण गर्न चाहेको बताए । तर, त्यति सजिलो पनि नभएको उनको तर्क छ । शाहीले प्रदेशमा उद्योगका सम्भावना के छन भन्ने विषयमा अध्ययनहरु भइरहेको पनि उल्लेख गरे ।

कर्णाली पर्यटनको सम्भावना धेरै भएको प्रदेश भएको भन्दै उनले स्थापनाकालदेखिनै प्रदेशमा भएका पर्यटकीय क्षेत्रहरुको पहिचान गर्नै कार्यमा सरकारले आफ्नो तयारी गरिरहेको शाहीले बताए ।

साथै शाहीले कर्णालीको विकास हुन नसक्नु भौगोलिक विकटता र बजेटको कमी भएको बताए । निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेकाले निजी क्षेत्रलाई लगानी गर्न आह्वान गरे ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १० : ०० बजे

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र