अधिकांश कोरोना सङ्क्रमित उपत्यकामा « Khabarhub

अधिकांश कोरोना सङ्क्रमित उपत्यकामा


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पछिल्ला दिनमा कोरोना सङ्क्रमणको दर घट्दै गए पनि सङ्क्रमितमध्ये अधिकांश काठमाडौँ उपत्यकाका छन् ।

बितेको २४ घन्टामा तीन हजार ५४१ नमूना परीक्षण गर्दा १२२ सङ्क्रमित फेला परेका छन् । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका ७३ छन् । हालसम्म काठमाडौँमा एक लाख दुई हजार १७५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये एक लाख ६७३ निको भएका छन् भने ५०२ जनाको मृत्यु भएको छ । अझै पनि काठमाडौँमा एक हजार सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ललितपुरमा १४ र भक्तपुरमा ३९ सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घन्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १४४ छन् । हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६९ हजार २०४ पुगेको छ ।

कोरोना मुक्त हुनेको दर ९८.७ प्रतिशत पुुगेको छ । बितेको २४ घन्टामा कोरोनाका कारण दुुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट दुुई हजार ५५ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ६ : ५५ बजे

नेपालगन्ज भन्सार : लक्ष्यको ५२ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ महिनामा

पानीको समान पहुँच सुनिश्चित गर्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी– महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ पर्व

कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर