प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आजबाट एमिकस क्युरीको बहस | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आजबाट एमिकस क्युरीको बहस


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज अदालतका सहयोगी (एमिकस क्युरी)को बहस शुरु हुँदैछ ।

एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् ।

उनीहरुले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका १३ रिट निवेदकका पक्षबाट सोमबार जवाफी बहस सकिएको हो ।

रिट निवेदकबाट जवाफी बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपालको संविधानले प्रतिनिधिसभा विघटन गर्न विशेष अधिकार प्रधानमन्त्रीलाई नदिएको तर्क पेश गरेका थिए ।

‘फैसला न्यायाधीशज्यूहरुको कन्भेन्सको कुरा हो, संविधनमा जे लेखिएको छ, फैसला त्यही नै हो’, उनले  भने ।

वरिष्ठ अधिवक्ताद्वयले रमणकुमार श्रेष्ठ र मुक्ति प्रधानले नेपालको संविधानमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभएको जिकिर दोहोर्‍याए । अधिवक्ता टीकाराम भट्टराईले संविधानले निर्वाचनको परिकल्पना नगरेको र निर्वाचन हुन नसक्ने जिकिर गरे ।

अधिवक्ताहरु गोविन्द शर्मा बन्दी, सन्तोष भण्डारी, सरोजराज घिमिरेलगायतले पाँच वर्षका लागि बनेको सरकार भएको हुँदा अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्नुपर्ने माग गरे ।

यसअघि, सरकारी पक्ष, सभामुख र प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानून व्यवसायीले बहस गरिसकेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

गत माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस शुरु भएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ६ : ३० बजे

युरोपेली शीर्ष नेताहरूको संयुक्त भ्रमण : युक्रेनप्रति गहिरो ऐक्यबद्धता प्रकट

युक्रेन– फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, पोल्याण्डका

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदैछन् लालबहादुर

गोरखा– शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक

लुम्बिनीमा तीन दिन बुद्धजयन्ती मनाइँदै

रूपन्देही– २५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९

वाईसीएल कर्णालीको सम्मेलन वैशाख २९ र ३० गते

सुर्खेत– नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग  (वाईसीएल)

बागलुङको बडिगाड र मालारानी जोड्ने पुल निर्माण

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– ७ भिमगिठे र वडा नम्बर ९