प्रतिनिधिसभा विघटन प्रकरण : एमिकस क्युरीका तर्फबाट राय दिन शुरू | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटन प्रकरण : एमिकस क्युरीका तर्फबाट राय दिन शुरू


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीले आफ्नो धारणा राख्न थालेको छ ।

सोमबार रिट निवेदकको जवाफ सकिएपछि आज अदालतको सहयोगी भनेर चिनिने एमिकस क्युरीले आफ्नो राय दिन थालेको हो ।

नेपाल बार एसोसियसनको तर्फबाट एमिकस क्युरीमा रहेका कानून व्यवसायी बद्रीबहादुर कार्कीले अहिले राय दिइरहेका हुन् ।

प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराले समयको ख्याल गरेर राय दिन अनुरोध गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा प्रधानन्यायाधीश जबराको इजलासले एमिकस क्युरी गठन गर्ने फैसला गरेको थियो । एमिकस क्युरीमा बारको तर्फबाट कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनाली छन् भने सर्वोच्च अदालत बारको तर्फबाट पूर्णमान शाक्य र गीता पाठक चयन भएका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा कानुन व्यवसायीहरूले सोमबार जवाफी बहस सकेपछि आज एमिकस क्युरीको पालो आएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

गत माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस शुरु भएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १२ : ४३ बजे

महिला विश्वकपमा ४८ टोलीले सहभागिता जनाउने

काठमाडौं – सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोलीको सहभागिता

अन्नपूर्ण चक्रीय पदमार्ग : विश्व पर्यटकको आकर्षक गन्तव्य (तस्बिरहरू)

काठमाडौं– अन्नपूर्ण चक्रीय पदमार्ग अन्नपूर्ण क्षेत्रका सुन्दर पहाड लगायत त्यस

‘युद्धमा सबैभन्दा पहिले सत्य मर्छ’

कल्पना गर्नुहोस्, कति मूर्ख हुनुपर्छ दुई आणविक शक्ति सम्पन्न देशबीच

आजका लागि फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म्याग्दीको प्रभुचेलामा ध्यानका लागि पूर्वाधार निर्माण

म्याग्दी– सामुदायिक ध्यान केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका– ७