प्रतिनिधिसभा विघटन प्रकरण : एमिकस क्युरीका तर्फबाट राय दिन शुरू « Khabarhub

प्रतिनिधिसभा विघटन प्रकरण : एमिकस क्युरीका तर्फबाट राय दिन शुरू


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीले आफ्नो धारणा राख्न थालेको छ ।

सोमबार रिट निवेदकको जवाफ सकिएपछि आज अदालतको सहयोगी भनेर चिनिने एमिकस क्युरीले आफ्नो राय दिन थालेको हो ।

नेपाल बार एसोसियसनको तर्फबाट एमिकस क्युरीमा रहेका कानून व्यवसायी बद्रीबहादुर कार्कीले अहिले राय दिइरहेका हुन् ।

प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराले समयको ख्याल गरेर राय दिन अनुरोध गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा प्रधानन्यायाधीश जबराको इजलासले एमिकस क्युरी गठन गर्ने फैसला गरेको थियो । एमिकस क्युरीमा बारको तर्फबाट कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनाली छन् भने सर्वोच्च अदालत बारको तर्फबाट पूर्णमान शाक्य र गीता पाठक चयन भएका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा कानुन व्यवसायीहरूले सोमबार जवाफी बहस सकेपछि आज एमिकस क्युरीको पालो आएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

गत माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस शुरु भएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १२ : ४३ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले