आज बालकालिकाको अक्षरारम्भ (फोटो फिचर) « Khabarhub

आज बालकालिकाको अक्षरारम्भ (फोटो फिचर)


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज माघ शुक्ल पञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

तस्वीरमा हेर्नुहोस् आजको अक्षरारम्भ

तनहुँको व्यास नगरपालिका–१ स्थित तनहुँ ज्ञानगङगा बोर्डिङ स्कूलमा मङगलबार सरस्वतीको पूजाको दिन बालबालिकालाई अक्षर लेख्न सिकाइँदै ।
श्रीपञ्चमीका अवसरमा काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजापश्चात अक्षर लेख्दै बालिका ।
काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै विद्यार्थी ।
श्रीपञ्चमीका अवसरमा काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा मङगलबार बिहान विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरिँदै ।
श्रीपञ्चमीका अवसरमा काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा मङगलबार बिहान विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरिँदै ।

तस्वीर : रासस

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  २ : ११ बजे

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर

गगनलाई सभापति बनाएपछि के गर्दैछन् विश्वप्रकाश ?

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक कुनै पनि स्थानबाट

विशालनगरमा कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय                      

काठमाडौं– काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

एजेन्सी – सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले