नगरबासीको निःशुल्क मिर्गौला परीक्षण गर्दै काठमाडौं महानगर « Khabarhub

नगरबासीको निःशुल्क मिर्गौला परीक्षण गर्दै काठमाडौं महानगर


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले नगरभित्रका सबै नागरिकको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ।

महानगरले फागुन ५ गते देखि आगामी ६ महिनासम्म ३२ वटै वटाका नागरिकको नि:शुल्क परीक्षण गर्ने जनाएको छ।

काठमाडौँ महानगरपालिका र मिर्गौला बचाऔँ अभियानको संयुक्त आयोजनामा महानगरपालिका यो अभियान सञ्चालन गर्न लागेको हो।

महानगरपालिकाको जनस्वास्थ्य विभागले सोमवार एक सूचना प्रकाशित गर्दैै ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौं’ कार्यक्रम अन्तरगर्त यो अभियान अघि बढाइने जनाएको छ।

मिर्गौला परीक्षण गर्नका लागि महानगरपालिका भित्र बसोबास गर्ने व्यक्तिले वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गई पिसाबको प्रारम्भिक परीक्षण मार्फत जाँच गराउन सक्ने छन्।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ५ : २५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु