एचआईभी संक्रमितको उच्च शिक्षाका लागि सरकारले उचित व्यवस्था गर्छ : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

एचआईभी संक्रमितको उच्च शिक्षाका लागि सरकारले उचित व्यवस्था गर्छ : मन्त्री श्रेष्ठ


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले एच.आई.भी संक्रमित विद्यार्थीहरुको उच्च शिक्षाका लागि सरकारले उचित व्यवस्था गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंको कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजामा सहभागी भएका मन्त्री श्रेष्ठले एचआईभी संक्रमित बालबालिकाको शिक्षाको सुनिश्चितता सरकारको जिम्मेवारी रहेको बताए ।

‘एचआईभी संक्रमितहरुलाई शिक्षा क्षेत्रबाट बञ्चित हुन नदिन राज्यको नीति तथा कार्यक्रममै निश्चित बजेटको व्यवस्था हुनेछ’, उनले भने, ‘विद्यालयले पनि कसैलाई उपेक्षा नगरी सबै बालबालिकालाई समान व्यवहार गर्नुपर्छ ।’

चेतनाको कमीले एचआईभी संक्रमितहरुले अपहेलित र उपेक्षित जीवन बिताउनुपर्ने अवस्था रहेको जनाउँदै मन्त्री श्रेष्ठले समाजका सबै नागरिकले उनीहरुको कदर र सम्मान गर्नुपर्ने धारणा राखे ।

संक्रमित भनेर कुनै पनि बालबालिकालाई पढ्नबाट बञ्चित गर्न नहुने मन्त्री श्रेष्ठको भनाइ छ ।

सफलता एचआईभी शिक्षा सदनमा देशभरका २७ जना एच.आई.भी संक्रमित बालबालिकाले पढ्दै आएका छन् ।

त्यस्तै शिक्षामन्त्री श्रेष्ठले कोरोना महामारीका कारण यस वर्षको शैक्षिक सत्र जेष्ठमा मात्र सकिने बताए ।

कोभिड–१९ ले शैक्षिक सत्रलाई अस्तव्यस्त बनाएका कारण यस शैक्षिक सत्रलाई दुई महीना लम्ब्याएर १४ महीनाको बनाइएको जानकरी दिए ।

राष्ट्रियस्तरमा हुने भनिएको यस वर्षको एसइई परीक्षा पनि जेठ महीनामा हुने उनले बताए ।

उनले भने, ‘जेठ महीनाभित्र विद्यालयतहका सबै परीक्षा सकेर असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्छौँ ।’

यस वर्षको शैक्षिक सत्र दुई महिना लम्बिएका कारण अर्को वर्ष भने १० महिनामै शैक्षिक सत्र सक्ने गरी व्यवस्थापन गरिएको समेत मन्त्री श्रेष्ठले जनाकारी दिए ।

त्यस्तै शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषदमका पठाइएको र छिट्टै टुंगो लाग्ने समेत मन्त्री श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ६ : २३ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ