नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३६ खर्ब नजिक | Khabarhub Khabarhub

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३६ खर्ब नजिक


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भई नयाँ उचाइमा पुगेको छ ।

आजको वृद्धिपछि नेप्सेले दुई हजार ६०० बिन्दुको यात्रा तय गरेको छ । यो हालसम्मकै उच्च हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २५.५० बिन्दुले उकालो लागेर दुई हजार ६०१.५१ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०९ ले उकालो लागेर ४७३.५३ मा पुगेको छ ।

नेप्सेमा दोहोरो अङ्कको सुधार हुुँदा कारोवार रकमसमेत उच्च नै देखिएको छ । कूल २०८ कम्पनीको एक करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयर रु १० अर्ब तीन करोड ५४ लाख ५४ हजार ९५५ मा कारोवार भयो । मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण झण्डै रु ३६ खर्बको हाराहारीमा पुगेको छ । यो मुलुकको कूल गार्हस्थ्य उत्पादनको हाराहारी नै हो । आजको बजार पूँजीकरण रु ३५ खर्ब ८४ अर्ब ७६ करोड सात लाख ९० हजार बराबर भएको छ ।

कारोवार भएकामध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । लगानीकर्ता बैंकिङ उपसमूहमा आकर्षित हुँदा विकास बैंक र अन्य उपसमूह हरियो भएको छ । बैंकिङ ३८.४१, विकास बैंक ६.४७, अन्य ५.५४ र सामूहिक लगानी कोष ०.११ ले उकालो लागेको छ । यस्तै, व्यापार ३७.९५, होटल १३.०२, जलविद्यस्त् २६.९८, वित्त ९.३९, निर्जीवन बीमा ३७.८६, उत्पादन ११०.०४, लघुवित्त २४.८१ र जीवन बीमा ५४.११ बिन्दुले घटे ।

कारोवारका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ५४ करोड ४४ लाख ५६ हजार बराबरको कारोवार भयो । यस्तै, ग्लोबल आइएमई बैंक रु ४२ करोड ५० लाख ७१ हजार ९१६, नेपाल बैंक रु ३९ करोड १६ लाख १५ हजार ४५१, नेको इन्स्योरेन्स रु ३७ करोड ३४ लाख ८५ हजार ५७४, एनआइसि एशिया बैंक रु ३३ करोड ६७ लाख ६५ हजार १५६, शिखर इन्स्योरेन्स रु ३० करोड ५९ लाख चार हजार ३४५, हिमालयन डिस्टिलरी रु २६ करोड ९४ लाख ७२ हजार ८३६, सिद्धार्थ बैंक रु २६ करोड १० लख ६५ हजार २८९ , एनएमबी बैंक रु २४ करोड ७० लाख २७ हजार ७२१ र कुमारी बैंक रु २० करोड ३७ लाख ४० हजार ५१३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

कारोवारका आधारमा आज चन्द्रागिरि हिल्स लिमिटेडको सकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाए । यस्तै, नेपाल पूर्वाधार विकास बैंक ९.९८, मिर्मिरे माइक्रोफाइनान्स ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८७, सनराइज फस्ट म्युचुअल फण्ड ९.७७, हिमालयन ऊर्जा विकास कम्पनी ९.६७, सिद्धार्थ बैंक ६.८२, नेपाल बैंक ५.४२, ग्लोबल आइएमई बैंक ४.६२ र एनएमबी बैंकका लगानीकर्ताले ४.२२ प्रतिशतले कमाए ।

यसैगरी, साधाना लघुवित्त ६.१५, पाँचथर पावर कम्पनी ५.६६, बरुण हाइड्रोपावर ५.५६, स्वाभिमान लघुवित्त ५.०६, माहुली सामुदायिक लघुवित्त ४.७४, माउण्टेन हाइड्रो ४.५५, गुर्खाज फाइनान्स ४.१९, एचआइडिसिएल ४.०८, ङादी ग्रसप ४.०८ र बोटलर्स नेपाल तराई नेपालका लगानीकर्ताले गुमाए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ६ : १० बजे

प्राधिकरणका प्रवक्ता भन्छन्- भारतबाट ढल्केबरमा जोडिने लाइनमा फल्ट देखियो

काठमाडौं- बिहीबार साँझ संघीय राजधानी काठमाडौंसहित देशका पूर्वी र मध्यभागका

रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको

काठमाडौंसहित देशका मध्य र पूर्वी भाग अन्धकार, ढल्केबर सब-स्टेशनमा समस्या

काठमाडौं- बिहीबार साँझ संघीय राजधानी काठमाडौंसहित देशभरका अधिकांश स्थानमा बिजुली

राइड सेयरिङ नियमावली खारेज नगरे आन्दोलन गर्ने चेतावनी

पोखरा– गण्डकी प्रदेश सरकारले निजी सवारी साधनमार्फत यात्रु ओसारपसार गर्न

नीति, कार्यक्रमले ल्याएका योजना कार्यान्वयन हुँदैनन् कर्णालीमा

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ नीति तथा कार्यक्रममा