भगवान श्रीकृष्णले युधिष्ठिरलाई दिएको त्यो रहस्यमय सूत्र « Khabarhub

भगवान श्रीकृष्णले युधिष्ठिरलाई दिएको त्यो रहस्यमय सूत्र


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— हिन्दु धर्मशास्त्र महाभारतमा उल्लेख भएअनुसार एकपटक युधिष्ठिरले श्रीकृष्णलाई प्रश्न गरेका थिए , ‘घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी नहोस् भन्नका लागि के गर्नुपर्छ ?’

युधिष्ठिरको प्रश्नको जवाफमा श्रीकृष्णले यस्तो बताए ।

– प्रत्येक दिन घरमा गाईको घिउले बालेको दियो दान गर्दा अनि घिउबाट भोगप्रसाद चढाउँदा देवीदेवताको कृपा बर्सन्छ । यस्तो गर्दा घरहरूमा दरिद्रताको वास हुँदैन ।

– घर आएका पाहुनालाई पानी पिउन दिँदा अशुभ ग्रह टर्छन् । त्यसैले कोही घरमा आउनेबित्तिकै पहिला पानी दिनुस् ।

– महलाई पवित्र खाद्यान्न मानिएको छ । यसले घरबाट नकारात्मक ऊर्जा हटाउँछ ।

– घरलाई जहिले पनि सफा राख्दा खर्चमा कमी आउँछ र धनधान्य बढ्छ ।

– सौर्यमण्डलका ग्रहहरूले मनुष्यको जीवनलाई धेरै प्रभावित पार्छन् । प्रत्येक दिन व्यक्तिले ग्रहको हिसाब अनुसार निधारमा चन्दन लगाउँदा शुभ फल प्राप्त हुन्छ ।

– चन्दन निधारमा लगाउँदा शीतलता प्राप्त हुन्छ र पापहरूको नाश पनि हुन्छ । घरमा चन्दन राख्दा त्यसको सुगन्धले नकारात्मक ऊर्जा पनि नष्ट हुन्छ ।

– ज्ञान, बुद्धि र संगीतकी देवी सरस्वतीको हातमा वीणा अवश्य हुन्छ । पुराणहरूका अनुसार देवी सरस्वतीलाई कमलको फूलमा बसेको अनि हातमा वीणा समातेको देखिन्छ । – एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ५ : ५९ बजे

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा