अग्रिम भुक्तानी दिएर भारतसँग कोरोनाको खोप खरिद गर्ने मन्त्रिपरिषदको निर्णय « Khabarhub

अग्रिम भुक्तानी दिएर भारतसँग कोरोनाको खोप खरिद गर्ने मन्त्रिपरिषदको निर्णय


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को यो निर्णयले तत्काल खोप खरिद गरेर ल्याउने बाटो खुलेको छ ।

सरकारले सिरम इन्स्टिच्यूटले उत्पादन गरेको २० लाख डोज भ्याक्सिन खरिद गर्ने प्रक्रिया थालेको भए पनि  जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानीपछि मात्रै उक्त कम्पनीले ब्याच नम्बर जारी गर्ने अडान राखेका थियो ।

यही समस्या समाधान गर्न मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउ गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

सरकारले  प्रति भ्याक्सिन ४ डलरका दरले खरिद गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ७ : ५९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना