अग्रिम भुक्तानी दिएर भारतसँग कोरोनाको खोप खरिद गर्ने मन्त्रिपरिषदको निर्णय « Khabarhub

अग्रिम भुक्तानी दिएर भारतसँग कोरोनाको खोप खरिद गर्ने मन्त्रिपरिषदको निर्णय


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को यो निर्णयले तत्काल खोप खरिद गरेर ल्याउने बाटो खुलेको छ ।

सरकारले सिरम इन्स्टिच्यूटले उत्पादन गरेको २० लाख डोज भ्याक्सिन खरिद गर्ने प्रक्रिया थालेको भए पनि  जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानीपछि मात्रै उक्त कम्पनीले ब्याच नम्बर जारी गर्ने अडान राखेका थियो ।

यही समस्या समाधान गर्न मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउ गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

सरकारले  प्रति भ्याक्सिन ४ डलरका दरले खरिद गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ७ : ५९ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा