शरणार्थी समस्याका विषयमा प्रधानमन्त्री ओली र ‘युएनएचसीआर’का प्रतिनिधिबीच छलफल  « Khabarhub

शरणार्थी समस्याका विषयमा प्रधानमन्त्री ओली र ‘युएनएचसीआर’का प्रतिनिधिबीच छलफल 


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग शरणार्थीका लागि राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय(युएनएचसीआर)को नेपालस्थित प्रतिनिधिमण्डलले आज भेट गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उच्चायुक्तको कार्यालयका नेपालस्थित प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भुटानी शरणार्थीको व्यवस्थापनबारे चासो राखेका थिए ।

प्रधानमन्त्री ओलीले हालसम्म भुटानी शरणार्थीको यथोचित प्रबन्धका लागि राष्ट्र सङ्घीय उच्चायोगबाट प्राप्त सहयोगका लागि धन्यवाद प्रकट गर्दै बाँकी शरणार्थीको व्यवस्थापनका लागि पनि पूर्ववत् सहयोग रहने विश्वास व्यक्त गरे ।

आफ्नै समस्यासँग जुधिरहेको विकासोन्मुख देश नेपालले यसलाई समयबद्ध ढङ्गले व्यवस्थापन गर्न चाहेको भनाइ प्रधानमन्त्रीको थियो ।

प्रधानमन्त्रीले शरणार्थी समस्या समाधानका लागि उनीहरूकै देशमा ससम्मान फिर्तीलाई पहिलो प्राथमिकतामा राखेको बताए । त्यसो हुन नसके विकल्पमा तेस्रो मुलुकमा स्थानानान्तरण र त्यसबाट पनि बाँकी रहेका शरणार्थीहरूको व्यवस्थापन नेपालमै गर्नका लागि गरी तीनवटै विकल्पमा कार्य गर्न नेपाल सरकार खुला रहेको प्रधानमन्त्रीले बताए ।

यसका लागि उच्चायुक्तको कार्यालयबाट सहयोग प्राप्त हुने उनले विश्वास लिएका थिए । जवाफमा प्रतिनिधि वर्माले शरणार्थी व्यवस्थापनसम्बन्धी सहयोग निरन्तर गर्नेबारे उच्चायुक्तको कार्यालय सकारात्मक रहेको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : २७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना