पीएसजीसँग  बार्सिलोनाको लज्जास्पद हार, एम्बाप्पेको ह्याट्रिक | Khabarhub Khabarhub

पीएसजीसँग  बार्सिलोनाको लज्जास्पद हार, एम्बाप्पेको ह्याट्रिक


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यूईएफ च्याम्पियन्स लिग फुटबलमा पीएसजीले बार्सिलोनाविरूद्ध शानदार जित हात पारेको छ ।

अन्तिम १६ चरणको पहिलो लेगमा पीएसजीले बार्सिलोनाको घरेलु मैदानमै ४-१ को जित निकालेको हो ।

पीएसजीको जितमा केलियन एम्बाप्पे नायक बने । उनको ह्याट्रिकमा बार्सिलोना निरिह सावित भयो ।

खेलको सुरुवातमै बार्सिलोनाले कप्तान लिओनेल मेस्सीको पेनाल्टीमा गोल गर्दै अग्रता लिए पनि घरेलु दर्शकलाई बार्सिलोनाले निराश पार्‍यो ।

एमबाप्पेले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेका थिए भने मोइस किनले अर्को गोल थपे । यी दुई टिमको दोस्रो लेगको खेल १० मार्चमा पेरिसमा हुनेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ६ : ३० बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार