‘फूलबुट्टे सारी’ को लेजेन्ड्री भर्सनमा मदनकृष्ण र मिथिला (भिडियो) | Khabarhub Khabarhub

‘फूलबुट्टे सारी’ को लेजेन्ड्री भर्सनमा मदनकृष्ण र मिथिला (भिडियो)


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठले स्वर दिएको ‘फूलबुट्टे सारी’ को लेजेन्ड्री भर्सन सार्वजनिक गरिएको छ । गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले अभिनय गरेका छन् ।

पछिल्लो समय खुबै रुचाइएको मार्मिक लामाको ‘फूलबुट्टे सारी’ मा यसअघि फिमेल र चाइल्ड भर्सनमा पनि गीत सार्वजनिक गरिएको थियो । आफैले लेखेको गीतमा राजनराज शिवाकोटीले संगीत भरेका छन् ।

भिडियोमा मदनकृष्ण र मिथिलालाई पतिपत्नीको भूमिकामा प्रस्तुत गरिएको छ । निर्देशक राजेश पुमा राईले मदन र मिथिलालाई रोमान्टिक प्रेमभावमा देखाएका छन् ।

उत्सव दाहालले खिचेको यो भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । साथै भिडियोलाई मोहन गुरुङले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १ : ३० बजे

प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखको बैठक

काठमाडौं– मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न

गौशालामा पुरुषको शव फेला

मटिहानी– गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको

माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन-जी पक्राउ

काठमाडौं– माइतिघरमा प्रदर्शन गर्न पुगेका जेन-जी युनाइटेडका जेन-जीहरू पक्राउ परेका

क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता शुरु

क्वालालम्पुर- चीन र संयुक्त राज्य अमेरिकाबीचको पछिल्लो व्यापार वार्ता शनिबार

आगन्तुक चराको चिरिबिरी (फोटो फिचर)

काठमाडौं– मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाको सिरेटो सुरु