प्रजातन्त्र दिवस तीन दिन मनाइने « Khabarhub

प्रजातन्त्र दिवस तीन दिन मनाइने


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ ।

यस अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ राष्ट्रिय दिवसका रुपमा मनाउन लागिएको छ ।

गत माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो । सो बैठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमसमेत अनुमोदन गरेको थियो ।

समितिले अनुमोदन गरेअनुसार आजदेखि प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो । फागुन ७ गतेकै जगमा टेकेर विसं २०४६ चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो ।

यसैको जगमा विसं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ ।

दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ । यस अवसरमा सरकारी एवं गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम आयोजना हुने जनाइएको छ ।

सो अवसरमा आजदेखि तीन दिनसम्म दीपावली गर्न पनि सरकारले आह्वान गरेको छ ।

प्रजातन्त्र दिवसका अवसरमा गरिने कार्यक्रमको प्रचारप्रसार गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ७ : १० बजे

पुँजीगत खर्चको मितव्ययी, गुणात्मक र परिमाणात्मक वृद्धि गर्न कार्यवाहक प्रमुखडंगोलको निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिकाको स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन अवस्थाको समीक्षा

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको

कांग्रेसले नेविसंघ नेतृत्वलाई कारबाही गर्न सक्ने, प्रवक्ता भन्छन् : लक्ष्मण रेखा नाघियो

काठमाडौं- नेपाली कांग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई पार्टीबाट अलग र

बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक

कतारमा भएको हेलिकोप्टर दुर्घटनामा मारिएका सातमध्ये तीन जना टर्किस नागरिक

काठमाडौं- कतारमा भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि