अन्तिम चरणमा ‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिष्पर्धा’ « Khabarhub

अन्तिम चरणमा ‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिष्पर्धा’


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अनलाइनमार्फत दर्शक हँसाउन चाहनेका लागि आयोजना गर्न लागिएको ‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’ को तयारी अन्तिम चरणमा छ ।

अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा सक्रिय नेपालीहरुको संस्था रिदम स्क्रिनले आयोजना गरेको प्रतियोगिताको आवेदन दिने अन्तिम मिति फेब्रुअरी १८ सम्म रहेको छ ।

स्क्रिनका निर्देशक कमल राईले विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्न जान्ने व्यक्ति जो चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्छन् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

कार्यक्रमको निर्णायकमा कलाकार बुद्धि तामाङ, हाँस्यकलाकार दीलिप गुरुङ र कलाकार भानु तिवारी छन् । प्रतियोगितामा पहिलो हुने विजेताले तीन हजार डलर, दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगदसहित ट्रफी र प्रमाणपत्र पुरुस्कार स्वरूप पाउने छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ८ : ४५ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न