मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्या आरोपी विक जेल चलान « Khabarhub

मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्या आरोपी विक जेल चलान


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेकपा नेत्रविक्रम चन्द समूहका मोरङ इञ्चार्ज धनबहादुर विकलाई हातहतियार तथा खरखजाना मुद्दामा बुधबार जेल चलान गरिएको छ ।

जिल्ला अदालत मोरङले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि मोरङ कारागार चलान गरिएको हो ।

जिल्ला अदालत मोरङकी न्यायाधीश दुर्गा खड्काको इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो ।

संखुवासभाको मादी नगरपालिका ४ ओखरबोटेका विकलाई बूढीगंगा गाउँपालिका ४ मा माघ ७ गते उद्योगी व्यवसायीलाई धम्क्याउँदै चन्दा असुलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी मोरङले पक्राउ गरेको थियो ।

गत मंसिर २३ गते शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा घरदेखि ५ सय मिटरस्थित बर्खेको जंगलमा शव भेटिएको थियो ।

हत्यापछि नेकपा चन्द समूहले विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको थियो ।

यो पनि पढौँ

विप्लव समूहका मोरङ इञ्चार्ज पक्राउ, मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्याको अभियोग 

शिक्षक श्रेष्ठ ‘हत्या’बारे विप्लव नेकपाले भन्यो : प्रतिकारका क्रममा ज्यान गयो 

 

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ९ : ११ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ