विदेशबाट 'पार्सल' आएको लोभ देखाएर ठगी गर्ने बस्याल पक्राउ | Khabarhub Khabarhub

विदेशबाट ‘पार्सल’ आएको लोभ देखाएर ठगी गर्ने बस्याल पक्राउ


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विदेशबाट पार्सल आएको लोभ देखाएर एक समूहले लाखौँ रकम ठगी गरेको खुलेको छ ।

उक्त ठगीमा एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेपछि उक्त घटनाको रहस्य खुलेको हो ।

पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौँको टोखा बस्ने हरिप्रसाद बस्याल रहेका छन । उनलाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरिएको सीआईबीका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए ।

बस्यालसहितको टोलीले सामाजिक सञ्जालमार्फत बेलायतमा बसोबास गर्ने डाक्टर माइकल अलवर्ट भन्ने नामको फेसबुकमा साथी बनाई भाइबरबाट फोन आदानप्रदान गरी लोभमा पारेर रकम ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

गिरोहले शुरुमा आइफोन पठाइदिने प्रलोभन देखाएको थियो । त्यसपछि बेलायतबाट विभिन्न उपहारका सामान पठाएको र उक्त सामान भारत हुँदै नेपाल आउँदैछ भनेर आश्वासन दिएका थिए । लगत्तै भारतीय नम्बरबाट नेपाली भाषा बोल्ने महिलाले पीडितलाई पटकपटक सम्पर्क गरी बेलायतबाट आएको पार्सल सामान भारतको दिल्लीमा आइपुगेको र त्यसमा बहुमूल्य सामानका साथै पाउण्डसमेत भएकाले भन्सार छुटाउन भन्दै पैसा माग गरेका थिए ।

उनीहरुले सामान छुटाउन नेपालस्थित एजेन्टको खातामा रु १० लाख ७० हजार माग गरेका थिए । गिरोहको निर्देशनमा पीडितले उक्त रकममध्ये रु पाँच लाख २० हजार गङ्गबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउसमा पुगी बस्याललाई भेटेर दिएका थिए ।

त्यसपछि पीडितले आफू ठगिएको थाहा पाई प्रहरीमा उजुरी दिएका र सोही उजुरीका आधारमा ठगी कार्यमा संलग्न उनलाई पक्राउ गरिएको थापाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका बस्याललाई थप कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

प्रहरीले उनको साथबाट रु एक लाख सात हजार नगदसहित विभिन्न व्यक्तिको नाममा रकम जम्मा गरेको १० थान भौचरसमेत बरामद गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ९ : ४९ बजे

आज नेपाल र हङकङ खेल्ने

काठमाडौं– चार देशीय महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपाल हङकङबीच प्रतिस्पर्धा

हिंसामा हजार बढीको ज्यान गएपछि सिरियाली नेताले भने, ‘हिंसामा सहभागी कोही फुत्कने छैन’

सिरिया – सिरियाका नेता अहमद अल साराले अलावट क्षेत्रमा भएको

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक

युनाइटेड र आर्सनलको खेल बराबरीमा सकियो

काठमाडौं – इङ्ग्लिस प्रिमियर सिपको आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेड

केही भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल