संसद विघटनको विरोधमा जसपाले फागुन ९ गते काठमाडौंमा प्रदर्शन गर्ने | Khabarhub Khabarhub

संसद विघटनको विरोधमा जसपाले फागुन ९ गते काठमाडौंमा प्रदर्शन गर्ने


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको विरोधमा काठमाडौंमा प्रदर्शन तथा विरोधसभा गर्ने भएको छ ।

बुधबार काठमाडौंमा बसेको पार्टी पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनलाई प्रतिगमनकारी कदम भन्दै संघर्षका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।

जसपाका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार भ्रातृ तथा जनसंगठनहरू र काठमाडौं उपत्यकाका तीन वटै जिल्ला कमिटीले फागुन ९ गते रत्नपार्कमा संयुक्त प्रदर्शन र विरोधसभा गर्नेछन् ।

जसपाले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ११ : १५ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न