‘कोप २६’ टोलीद्वारा नेपालमा मौसम परिवर्तनको प्रभावबारे जिज्ञासा « Khabarhub

 ‘कोप २६’ टोलीद्वारा नेपालमा मौसम परिवर्तनको प्रभावबारे जिज्ञासा


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन  (कोप २६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ ।

भेटका क्रममा टोलीले मौसम परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावहरुबारे जिज्ञासा राखेको थियो ।

मौसम परिवर्तनसम्बन्धी विषयलाई सम्बोधन गर्न नेपालल आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमप्रति टोली सकारात्मक रहेको विचार पनि व्यक्त गरेको थियो ।

यसका लागि आवश्यक सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी पनि प्रधानमन्त्रीसमक्ष टोलीले रोखेको थियो ।

नेपालले कार्बन उत्सर्जन कम गर्न सन् २०३० देखि ५० सम्मका लागि बनाएको योजना राम्रो रहेको भनाई पनि टोली प्रमुख शर्माको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले कोप २६ टोलीले सम्मेलनको सम्मेलन पुर्व भ्रमण गर्ने मुलुकमा नेपाललाई समेत समावेश गरेकोमा धन्यवाद दिएका थिए ।

साथै उनले नेपालले कार्बन उत्सर्जन घटाउनका लागि गरेका प्रयासहरु र यससम्बन्धी सरकारका प्रतिवद्धताबारे टोलीलाई जानकारी दिएका थिए ।

आगामी नोभेम्बर महिनामा बेलायतको ग्लासगाउमा मौसम परिवर्तन सम्बन्ध २६ औं अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

सन् २०२० को नोभेम्बरमा तय भएको यो सम्मेलन कोभिड १९ प्रकरणका कारण एक वर्ष पर सारिएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १० : ५५ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको