काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमानसहित) | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमानसहित)


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पश्चिमी वायुको प्रभाव कायमै रहँदा आज काठमाडौँ उपत्यकासहितका देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।

दिउँसो १ बजेपछि काठमाडौँ उपत्यकासहित पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसो काठमाडौँसहित प्रदेश २ र बागमती प्रदेशका पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो तापक्रम २४ डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शनिबार रातिसम्म ठाउँठाउँमा हिमपातको पूर्वानुमान गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन ०६ गते (बिहीबार)

दिउँसो :  प्रदेश- २ र बागमती प्रदेशलगायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : प्रदेश नं १ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

फागुन ०७ गते (शुक्रबार)

दिउँसो :  प्रदेश १, र प्रदेश २, लागायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भूभागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : प्रदेश १, प्रदेश २ लगायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भूभागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

फागुन ०८ गते (शनिबार)

दिउँसो :   प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ७ : ३० बजे

छोराको निधनपछि गौरवको परिवार सहाराविहीन

सुदूरपश्चिम– विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग

माधव नेपालको प्रस्ताव- समान बिचार भएका पार्टीबीच एकता गर्न ढिला गर्नुहुँदैन

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको घोषणा

मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

मनाङ– गत सोमबारदेखि परेको हिमपात रोकिएको छ। मौसममा आएको सुधारले

रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

जुम्ला– आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा

खाद्य कम्पनीद्वारा कैलालीमा धान खरिद सुरु

अत्तरिया– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले