गरिब परिवारको स्वास्थ्य बीमा, गाउँपालिकाले तिर्‍यो साढे ७ लाख « Khabarhub

गरिब परिवारको स्वास्थ्य बीमा, गाउँपालिकाले तिर्‍यो साढे ७ लाख


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


दमौली– तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न घरधुरीको स्वास्थ्य बीमा गराएको छ । आर्थिक रूपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा ३ सय घरपरिवारको बीमा गराएको हो ।

आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार छनोट गरी गाउँपालिकाले नै बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार ६ वडाबाट ५०/५० घरधुरी छनोट गरी स्वास्थ्य बीमा गराइएको छ ।

स्वास्थ्य बीमाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा ७ लाख ५० हजार लगानी गरेको छ ।

गाउँपालिकाभित्रका सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन यो कार्यक्रम ल्याइएको उनले बताए । आर्थिक रुपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बीमामा सहभागी हुन सक्ने भए पनि गरीब तथा विपन्न घरपरिवार स्वास्थ्य बीमाबाट बञ्चित नहोउन् भन्नका लागि योजना ल्याइएको थापाले जानकारी दिए ।

वार्षिक रुपमा ३०० घरपरिवारको ७ लाख ५० हजार शुल्क गाउँपालिकाले बेहोर्नेछ ।

तनहुँमा विसं २०७४ भदौ १ गतेबाट स्वास्थ्य बीमा शुरुआत भएको थियो । तनहुँ जिल्लामा हालसम्म १० हजारभन्दा बढी घरधुरी स्वास्थ्य बीमामा आबद्ध भइसकेको स्वास्थ्य बीमा कार्यालयले तनहुँले जनाएको छ ।

तनहुँमा दमौली अस्पताल, बन्दीपुरस्थित बन्दीपुर अस्पताल, भिमादस्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, भानु नगरपालिकाका पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बीमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १० : ४८ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको