सैन्य 'कु' विरूद्ध म्यानमारमा चर्कियो प्रदर्शन, सवारी साधन अवरूद्ध | Khabarhub Khabarhub

सैन्य ‘कु’ विरूद्ध म्यानमारमा चर्कियो प्रदर्शन, सवारी साधन अवरूद्ध


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानमारमा फेब्रुअरी १ मा भएको सैन्य ‘कु’ पछिका प्रदर्शनले ब्यापकता पाउन थालेका छन् ।

सेनाले सत्ता हातमा लिएर संकटकाल लगाएपछि केही समय सर्वसाधारण त्रासमा गुज्रिए पनि पछिल्ला दिनमा प्रदर्शनले ब्यापकता पाउन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

केही दिन यता प्रदर्शनहरू चर्किएका छन् । विभिन्न सहरहरूमा हजारौँको संख्यामा सर्वसाधारण प्रदर्शनमा उत्रिएको बीबीसीले जनाएको छ ।

याङ्गुनमा सवारी चालकहरूले गाडी तेर्साएर सडक अवरुद्ध पारेका छन्। अवज्ञाका कार्यक्रम अन्तर्गत त्यहाँ सडक जाम गरी प्रदर्शन गरिएको छ।

म्यान्डलेमा सुरक्षा अधिकारीहरूले रेलवे स्टेसन नजिकै गोली चलाउँदा एक जना घाइते भएको विवरणहरू आएका छन् ।

प्रदर्शनकारीहरूले नेत्री आङ सान सू चीसहित अन्य जन निर्वाचित नेताहरूको रिहाइको माग गरिरहेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १० : २५ बजे

मन्दिरको पूर्वाधार निर्माणका लागि साढे २ लाख रुपैयाँ संकलन

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका

बेमौसमी वर्षाले गुल्मीमा पाँच करोडको धानबाली नष्ट

गुल्मी– हालैको बेमौसमी वर्षाले गुल्मीमा पाँच करोड रुपैयाँको धानबाली नष्ट

नगर प्रहरीले ट्राफिकसँग किन खोज्यो जोरी ? प्रहरी भन्छ- संकटको बेला दुःख दिने काम भयो ?

काठमाडौं – काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमिक

किसानलाई प्रोत्साहित गर्न सरकारी जमिनमा मुङखेती

बाँके– कृषिमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खजुरा गाउँपालिका–२ वडा कार्यालयले

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य केही बढेको छ ।