सैन्य ‘कु’ विरूद्ध म्यानमारमा चर्कियो प्रदर्शन, सवारी साधन अवरूद्ध « Khabarhub

सैन्य ‘कु’ विरूद्ध म्यानमारमा चर्कियो प्रदर्शन, सवारी साधन अवरूद्ध


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानमारमा फेब्रुअरी १ मा भएको सैन्य ‘कु’ पछिका प्रदर्शनले ब्यापकता पाउन थालेका छन् ।

सेनाले सत्ता हातमा लिएर संकटकाल लगाएपछि केही समय सर्वसाधारण त्रासमा गुज्रिए पनि पछिल्ला दिनमा प्रदर्शनले ब्यापकता पाउन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

केही दिन यता प्रदर्शनहरू चर्किएका छन् । विभिन्न सहरहरूमा हजारौँको संख्यामा सर्वसाधारण प्रदर्शनमा उत्रिएको बीबीसीले जनाएको छ ।

याङ्गुनमा सवारी चालकहरूले गाडी तेर्साएर सडक अवरुद्ध पारेका छन्। अवज्ञाका कार्यक्रम अन्तर्गत त्यहाँ सडक जाम गरी प्रदर्शन गरिएको छ।

म्यान्डलेमा सुरक्षा अधिकारीहरूले रेलवे स्टेसन नजिकै गोली चलाउँदा एक जना घाइते भएको विवरणहरू आएका छन् ।

प्रदर्शनकारीहरूले नेत्री आङ सान सू चीसहित अन्य जन निर्वाचित नेताहरूको रिहाइको माग गरिरहेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १० : २५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु