नेपाल १ हजार ६०३ जना सक्रिय संक्रमित : स्वास्थ्य मन्त्रालयल « Khabarhub

नेपाल १ हजार ६०३ जना सक्रिय संक्रमित : स्वास्थ्य मन्त्रालयल


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा हाल कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १ हजार ६०३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको  छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटेको हो। यसअघि हिजो  सक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार ५०५ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ५८ रहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १० : ५९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना