संसद विघटन मुद्दामा अदालतको फैसला स्वीकार्य : सभापति देउवा | Khabarhub Khabarhub

संसद विघटन मुद्दामा अदालतको फैसला स्वीकार्य : सभापति देउवा


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुने बताएका छन्।

नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशस्तरीय सम्मेलन तथा राष्ट्रिय मगर विद्यार्थी संघ प्रदेश समितिको घोषणा कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उनले अदातलले प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचनमा जाने जुनसुकै फैसला गरे पनि पार्टीका लागि स्वीकार्य हुने बताए ।

मुलुकको प्रत्येक परिवर्तमा मगर समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले संविधानले व्यवस्था गरेका हक अधिकारको संरक्षण कार्यान्वयनका लागि मगर सङ्गठित भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

पार्टीका गतिविधिमा सक्रिय सहभागिता जनाउन कार्यकर्तालाई निर्देशन दिँदै सभापति देउवाले लामो संघर्षबाट नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षाका लागि पार्टी एकताबद्ध भएर लाग्नुको विकल्प नभएको बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले पाँच वर्ष सरकार चलाउने अधिकार दिए पनि कम्युनिष्ट पार्टीले मुलुक सञ्चालन र विकास गर्न नसकेको आरोप लगाए ।

पार्टीको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले गलत गरेको आरोप लगाउँदै उहाँले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्ने विश्वास व्यक्त गरे ।

नेपालमा अस्थिरता उत्पन्न गरी मुलुकलाई गृहयुद्धमा धकेल्न देशी विदेशी शक्ति लागेको उल्लेख गर्दै उहाँले त्यसका विरुद्धमा काँग्रेसले पहरेदारका रुपमा आफ्नो भूमिका निर्वाह गर्ने बताए ।

नेता गोपालमान श्रेष्ठले निर्वाचन भएमा काँग्रेसले स्पष्ट बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गरे । नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय अध्यक्ष ओम थापामगरले मुलुकको परिर्वतका लागि भएका प्रत्येक आन्दोलनमा मगर समुदायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै पार्टीले योग्यता र क्षमताका आधारमा अवसर दिनुपर्ने बताए ।

संविधानसभा सदस्य विन्दा रानामगर, म्याग्दीका पार्टी सभापति नीरज पुन, गण्डकी प्रदेशसभा सदस्य मणिभद्र शर्मा कँडेल, जीतप्रकाश आले, खम्वीर गर्बुजा मगर, दिपेन्द्र थापामगर, खडकबहादुर मगर, पदम पुन मगर, चन्द्रबहादुर रानामगरलगायतले पार्टी सङ्गठनका लागि मगर संघले पुर्‍याउँदै आएको योगदानका बारेमा चर्चा गरेका थिए ।

सम्मेलनमा सन्तजंग पुन मगरको सभापतित्वमा गठन गरिएको २५ सदस्यीय राष्ट्रिय मगर विद्यार्थी संघ प्रदेश समितिको घोषणा गरिएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ६ : ३६ बजे

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन निर्देशक ठाकुर पक्राउ

जनकपुरधाम- वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर

माओवादीले बोलायो पदाधिकारी बैठक, नेताहरूको कार्यविभाजन हुने

काठमाडौं- नेकपा माओवादी केन्द्रले बुधबार बस्ने गरी पदाधिकारी बैठक बोलाएको

२०८४ लक्षित एमालेको घरदैलो कार्यक्रम अभियान  

विराटनगर– टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिचालन गर्ने गरी

सहासी चुङ्बा : जसले हुम्लामा तीन दिन पछ्याएर खिचेका थिए जंगली याकको फोटो

काठमाडौं- कलेजोको क्यान्सरसँग जुधिरहेका चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा ६४

अध्यक्ष प्रचण्ड माघ ५ गते ग्रामथान जाने 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ५