तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री साह | Khabarhub Khabarhub

तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री साह


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– शहरी विकासमन्त्री प्रभु साहले जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुने बताएका छन् ।

रौतहटको गुजरा नगरपालिकामा आयोजित सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले तोकेको आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने जिकिर गरेका हुन् ।

यसैगरी मन्त्री साहले दोहोरो चरित्रका कारण नेपाली काँग्रेस साँघुरिँदै गएको बताए ।

डिभिजन सडक कार्यालयद्वारा आज आयोजित पक्की सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले काँग्रेसका केही नेता अदालतको फैसला हेर्ने बताइरहेका छन् भने अर्काथरी आन्दोलन गरेर दोहोरो चरित्र प्रदर्शन गरिरहेको उल्लेख गरे ।

यसैगरी मन्त्री साहले बाल्चनपुर जङ्गलसैया सडकखण्डअन्तर्गत गुजरा नदीको पुलको शिलान्यास गरे ।

कूल रु ६ करोड ८५ लाख ४३ हजार लागतमा निर्माण हुन लागेको ५० मिटर लम्बाइ ११ मिटर चौडाइको पुल निर्माणको ठेक्का सगुन राजदेवी जेभीले लिएको डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुख विनोदकुमार मौवारले जानकारी दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, कटहरियाका प्रमुख सियाराम कुश्वाहा, मौलापुरका प्रमुख रिनाकुमारी साह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक सिद्धीविक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक सुरजसेन ओलीलगायतले विकासका लागि सडक पूर्वाधार नै पहिलो खुड्किलो रहेको जनाएका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १० : १५ बजे

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक

साढे दुई लाखभन्दा बढीले नयाँ मतदाता थपिए

काठमाडौं – हालसम्म दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताले

जनार्दन पक्षको ‘प्रगतिशील नागरिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं – तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा

धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ

जनकपुरधाम – धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको

एनपीएलका लागि कीर्तिपुर क्रिकेट मैदानमा तयारी तीव्र (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग दोश्रो संस्करणका लागि कीर्तिपुर क्रिकेट