‘यो बिछोड हो कि माया’ मा प्रकाश र आँचल (भिडियो) | Khabarhub Khabarhub

‘यो बिछोड हो कि माया’ मा प्रकाश र आँचल (भिडियो)


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रचना रिमाल र रोमन प्रकाशको स्वर रहेको गीत ‘यो बिछोड हो कि माया’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आज (बिहीवार) एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा प्रकाश सपूत र आँचल शर्मालाई देख्न सकिन्छ । मुस्ताङमा छायांकन गरिएको यो गीतमा प्रकाश र आँचलले प्रेमी प्रेमिकाको भूमिका निभाएका छन् ।

गीतमा उत्तम विचारले शब्द लेखेका छन् भने रिमेश कुमारले संगीत भरेका छन् । यस्तै गीतलाई कमल सिजाली मगरले रेकर्डिङ गरेका हुन् भने श्वामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन् । विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा अमन मानन्धरको सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ७ : ४२ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र