प्रजातन्त्रका सात दशक « Khabarhub

प्रजातन्त्रका सात दशक


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा प्रजातन्त्र स्थापनाको सात दशक पूरा भएको छ । एक सय चार वर्ष लामो जहानियाँ, निरङ्कुश राणाशासन अन्त्य गरी आजकै दिन प्रजातन्त्र घोषणा भएको थियो । त्यति बेलाका राजनीतिक दलहरूको संघर्षमा राजा त्रिभुवनको समेत सहयोगले प्रजातन्त्र स्थापना भएको थियो ।

प्रजातन्त्र प्राप्तिका लागि भएको त्यही संघर्षले नेपाली जनतालाई नागरिक अधिकार र स्वतन्त्रताको मार्गमा अघि बढाएको हो ।

जनताको संघर्षले प्राप्त प्रजातन्त्र दिगो हुन सकेन । राज त्रिभुवन आफ्नो प्रतिबद्धताबाट पछि हटे । प्रजातन्त्र स्थापनाको आठ वर्षपछि राजा महेन्द्रले आफैँ संविधान दिएर निर्वाचन गराए । जननिर्वाचित प्रतिनिधिको दुई तिहाइ बहुमतले सरकार बन्यो तर राजाले डेढ वर्षमै प्रधानमन्त्रीलाई अपदस्थ गरेर जेल हाले ।

यसपछि राजा महेन्द्रले निर्दलीय, निरंकुश पञ्चायती व्यवस्था लागु गरे तर प्रजातन्त्र प्राप्तिको आन्दोलन रोकिएन । पञ्चायतविरुद्ध सशस्त्र आन्दोलन समेत भयो । निरन्तरको आन्दोलनको परिणामस्वरूप राजा वीरेन्द्र २०३७ सालमा जनमत संग्रह गराउन बाध्य भए तर सत्ताशक्तिको चरम दुरुपयोग गरेर निरंकुश पञ्चायती व्यवस्थालाई नै निरन्तरता दिए ।

बितेको सात दशकमा प्रजातन्त्रका लागि कठिन संघर्षहरू भएका छन् । आजसम्म भएका परिवर्तनको जग जनसंघर्षले २००७ सालमा स्थापित प्रजातन्त्र नै हो । आज हामीले भनेको लोकतन्त्रको जग ७० वर्षअघिको त्यही संघर्ष र उपलव्धि नै हो ।

जनमत संग्रहबाट राजा र पञ्चहरू ढुक्क भए पनि जनताको आन्दोलन रोकिएन । प्रतिबन्धित अवस्थामा राजनीतिक दलहरु आआफ्नै तरिकाले जनजागरणको अभियानमा थिए । अन्ततः दलहरू पञ्चायती शासनका विरुद्ध संयुक्त संघर्षका लागि एक ठाउँमा आए । फलस्वरूप २०४६ सालमा तीस वर्षको राजशाही ढलेर प्रजातन्त्र पुनः प्राप्त भयो । बहुदलीय संसदीय प्रजातन्त्र पुनर्थापित भयो । आम निर्वाचनबाट संसद गठन भयो, जननिर्वाचित सरकार बन्यो ।

फेरि पनि प्रजातन्त्र दिगो हुन सकेन । सत्तारुढ दलको आन्तरिक विवादका कारण मुलुक मध्यावधि निर्वाचनमा धकेलियो । लगत्तै सशस्त्र विद्रोह सुरु भएर देशमा अशान्ति फैलियो । संसद सरकार ढाल्ने र बनाउने खेलमा अल्झियो ।

यही क्रममा अनेक विकृतिको प्रवेश भयो । एकातिर सशस्त्र द्वन्द्वले निम्त्याको अशान्ति र आर्थिक तथा मानवीय क्षति र अर्कातिर संसदमा विकृति ! परिणाम के भयो भने राजाले फेरि शासनसत्ता हातमा लिएर सरकार बनाउने र हटाउने चलन सुरु गरे । अन्ततः आफैँ सत्ता हातमा लिए ।

देश यसरी अनन्त निरंकुशताको सुरुङमा पसेपछि संसदीय दलहरु र सशस्त्र संघर्षमा रहेका विद्रोही माओवादीले बाह्रबुँदे सहमति मार्फत संयुक्त जनआन्दोलन गरे । यसले एकातिर शान्ति प्रक्रिया सुरु भयो भने अर्कातिर राजाको निरंकुशता अन्त्य गर्‍यो । अनेक उतारचढाव पार गर्दै दोस्रो संविधानसभाबाट संविधान जारी गरेर लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो ।

यसपछि भएको आमनिर्वाचनले मुलुक स्थायी शान्ति, विकास र समृद्धिको बाटोमा अघि बढ्ने मार्ग खुला गरेको भए पनि फेरि एक प्रजातन्त्र संकटमा परेको छ । झन्डै दुई तिहाइ बहुमतका प्रधानमन्त्रीले आफ्नो आन्तरिक विवादमा असंवैधानिक ढङ्गले प्रतिनिधिसभा विघटन गराइदिएका छन् ।

प्रजातन्त्रको त्यही जगले नै नेपाली जनतालाई नागरिक अधिकार, वाक स्वतन्त्रता र  पूर्ण प्रजातन्त्रका लागि संघर्षशील बनाएको हो । त्यति बेला प्रजातन्त्रका लागि ज्यान आहुति दिने शहीदहरूको त्याग स्तुत्य छ । अथक संघर्ष गर्ने राजनीतिक नेताहरू सम्माननीय छन् ।

उनले निर्वाचन घोषणा त गरेका छन् तर असंवैधानिक कदमको परिणामका रूपमा हुने निर्वाचन पनि असंवैधानिक नै हुन्छ । असंवैधानिक कदमको परिणामले हुने निर्वाचन अग्रगामी हुँदैन । प्रधानमन्त्रीको यो कदम सच्चिन जरुरी छ ।

प्रतिनिधिसभा विघटनको  कदमले संविधान स्वाभाविक मार्गबाट बाहिर गएको छ । विवाद सर्वोच्च अदालतमा छ । आशा गरौँ, अदालतले प्रधानमन्त्रीको असंवैधानिक कदम सच्याउने छ र फेरि पनि एकपटक जनताको जित हुनेछ ।

बितेको सात दशकमा प्रजातन्त्रका लागि कठिन संघर्षहरू भएका छन् । आजसम्म भएका परिवर्तनको जग जनसंघर्षले २००७ सालमा स्थापित प्रजातन्त्र नै हो । आज हामीले भनेको लोकतन्त्रको जग ७० वर्षअघिको त्यही संघर्ष र उपलव्धि नै हो ।

प्रजातन्त्रको त्यही जगले नै नेपाली जनतालाई नागरिक अधिकार, वाक स्वतन्त्रता र  पूर्ण प्रजातन्त्रका लागि संघर्षशील बनाएको हो । त्यति बेला प्रजातन्त्रका लागि ज्यान आहुति दिने शहीदहरूको त्याग स्तुत्य छ । अथक संघर्ष गर्ने राजनीतिक नेताहरू सम्माननीय छन् ।

आज फेरि एकपटक प्रजातन्त्रको स्थायित्व र दिगो शान्तिका लागि हामी सचेत रहनुपर्ने अवस्था आएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १० : ४६ बजे

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग