हिम्मतवालीका ‘हिरो’ सुदर्शन ‘मानव तस्करी’मा, प्रहरीद्वारा रेड नोटिस जारी « Khabarhub

हिम्मतवालीका ‘हिरो’ सुदर्शन ‘मानव तस्करी’मा, प्रहरीद्वारा रेड नोटिस जारी


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– चलचित्र ‘हिम्मतवाली’का ‘हिरो’ सुदर्शन गौतम मानव तस्करीमा संलग्न रहेको फेला परेको छ ।

प्रहरीले गरेको अनुसन्धानबाट गौतम मानव तस्करीमा संलग्न रहेका भेटिएको हो । हाल क्यानडामा बस्दै आएका गौतमले नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

गौतमलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमा ‘रेड नोटिस’ समेत जारी गरेको छ ।

प्रहरीका अनुसार गौतम समेत संलग्न रहेको एक समूहले केही समय अगाडि ३ जना नेपाली युवतीलाई अमेरिका पुर्‍याइदिनेभन्दै अफ्रिकी देश हाइटी पुर्‍याएको थियो ।

दुवै हात नभएका गौतमले केही समय अगाडि सर्वोच्च शिखर सगरमाथाको समेत आरोहण गरेका थिए ।

सगरमाथाको आरोहण र नायिक रेखा थापाको निर्माण तथा निर्देशन रहको चलचित्र ‘हिम्मतवाली’मा रेखासँगै फिल्म खेलेपछि चर्चामा आएका गौतम चलचित्रकर्मीको रुपमा विदेश भ्रमणमा समेत जाने गरेका थिए । चलचित्रकर्मीकै रुपमा केही वर्ष अगाडि अमेरिका गएका उनी त्यहिँबाट क्यानडा पुगेका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १२ : ५५ बजे

रुपन्देहीमा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित

लुम्बिनी– आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

उम्मेदवारहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

काठमाडौं– निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारहरूलाई

कोशीमा हर्कको माटोले कांग्रेस-एमालेलाई कतिसम्म धक्का देला ?

काठमाडौं- श्रम संस्कृति पार्टी दर्ता गरेर ‘हर्कवाद‘ लाई प्रधान सिद्धान्त

सलमान र सञ्जयको जोडी साउदी एक्सन फिल्म ‘सेभेन डग्स’ मा 

काठमाडौं– साउदी अरेबियाको बहुप्रतिक्षित एक्सन फिल्म ‘सेभेन डग्स’ अहिले निकै

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- कांग्रेसको जरा बलियो बनाउनेगरि जुट्नुहोस्

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको परिवर्तित अवस्थामा कांग्रेस