गरिबीले थिचिएको जिन्दगीमा रोगको भारी, दुवै मिर्गौला फेल भएपछि के गरी बाँच्नु ? | Khabarhub Khabarhub

गरिबीले थिचिएको जिन्दगीमा रोगको भारी, दुवै मिर्गौला फेल भएपछि के गरी बाँच्नु ?


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दिवानसिं र सीता नेपालीको वैवाहिक सम्बन्ध जोडिएको आज १२ वर्ष भयो । विवाहपश्चात् दुःख गरेर उनीहरुले वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बामेखोला गाउँमा चार कठ्ठा जग्गाको पनि जोहो गरे । विगतको दुःखको परिणामलाई सुखमा परिणत गर्ने दम्पती नेपालीको सपना थियो ।

२ वर्ष साउदी अरब गएर ३ महीनाअघि घरबिदामा आएका दिवानसिं पुनः फर्कने दिनको तयारी गर्दै थिए । त्यही समयमा उनलाई रिङ्गटा चल्यो । उपचारका लागि घर नजिकैको राना मेडिकलमा परीक्षण गराए । केही नदेखिएपछि प्रदेश अस्पतालमा परीक्षण गराउनुभएका दिवानसिंलाई अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा डम्बर खड्काले दुवै मिर्गौला खराब भएको छ भन्ने खबर सुनाएपछि उनी झन बेचैन बने ।

पछि भक्तपुर अस्पतालमा जाँच गरेपछि भने नेपालीलाई दुवै मिर्गौला बिग्रिएकोे पक्का भयो । ‘डाइलोसिसको विकल्प नभएको डाक्टरहरुले सुझाए,’ उनले भने, ‘जीवन चट्टानमा बजारिए जस्तो लाग्यो । तब गरुङ्गो मन लिएर घर फर्के ।’

विदेश जानेहरुको पीडाबारे बताउँदै उनले भने, ‘खाडी मुलुकमा पुग्नेहरु धेरैले रोग उपहार लिएर आउँछन् । कतिले ज्यान फालेर फर्कछन् । आखिर त्यहीँ घानभित्र म पनि परेको छु । अहिलेसम्म छ पटक डाइलोसिस गरिसकेको छु । हप्तामा दुईपटक डाइलासिस गर्नुपर्दछ । सरकारले डाइलोसिसको पैसा सहयोग गर्दा केही राहत भएको छ ।’

उनको दुरावास्थाले श्रीमती सीता नेपाली पीडामा छन् । आफूसहित एउटा १० र अर्को ७ वर्षको छोरा खाउँखाउँ र लाउलाउँ भन्ने उमेरमै पतिको यस्तो अवस्थाले उहाँलाई न निन्द्रा लाग्छ नत भोक नै ।

उनान्तीस वर्षकी सीताले आफ्नो एउटा मिर्गौला दिएर भए पनि पतिलाई बचाउने जोड गरिरहेकी छन् । यसमा दिवानसिं  भने सहमत छैनन् । आफू नरहेपनि सीताले २ छोराको पालनपोषण गरुन् भन्ने उनको इच्छा । दुवै जनाको कमजोर स्वास्थ्य स्थितिले बालबच्चा अलपत्र नपरुन् भनेर सीताको मिर्गौला नलिने उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  २ : १२ बजे

कुलमानले भने- प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाउनु पर्छ

लिस्बन– युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान

सकियो एक महिने गुँला पर्व (तस्बिरहरू)

काठमाडौं– एक महिना लामो गुँला पर्व आज सकिएको छ ।

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति

हैजा प्रभावित वीरगन्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव स्वयम् परीक्षण स्थलमा

वीरगंज– गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल