मिलेर काम गर्ने जी ७ का नेताको प्रतिबद्धता « Khabarhub

मिलेर काम गर्ने जी ७ का नेताको प्रतिबद्धता


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जी ७ का सदस्य राष्ट्रहरुले जी २० समूहसँग मिलेर काम गर्ने जनाएका छन् ।

ती देशहरुले विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने बताएका छन् । हाल विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै अरु पनि कतिपय समस्याको समाधानमा लाग्ने बताएका हुन् ।

यस संगठनको शुक्रबार भएको भर्चुअल बैठकमा कोरोना भाइरसको महामारी, जलवायु परिवर्तनका साथै अरु पनि धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्धाहरुमा साथ साथमा मिलेर काम गर्ने जनाएका हुन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अध्यक्षता गरेको यस बैठकमा सहभागी भएका जी ७ का नेताहरुको सो धारणा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।

जी ७ द्धारा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा भनिएको छ, ‘जि ७ का हामी सदस्य राष्ट्रहरु सम्मिलित बैठक आज भर्चुअल बिधिबाट बस्यो र यस बैठकमा हामी कोभिड १९ का साथै अरु पनि विभिन्न अन्तर्राष्ट्रिय समस्याहरुको समाधानका लागि सँगै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ ।’

सो विज्ञप्तिमा भनिएको छ, ‘हामीले आगामी दिनमा यस कोभिड १९को महामारीबाट मुक्त हुनुका साथै यसबाट सिर्जना भएको समस्याको समाधान गर्ने र यसले पुर्‍याएको क्षतिको पनि पुनर्निमाण गर्ने गरी मिलेर काम गर्नेछौँ ।’

सो जी ७ को संगठनको अध्यक्षता यस वर्ष बेलायतले गरेको छ । शुक्रबारको सो भर्चुअल बैठकको अध्यक्षता पनि बेलायतका प्रधानमनत्री बोरिस जोन्सनले गरेका थिए ।

सो बैठकमा हाल कोभिड १९ को विश्वव्यापी महामारीको नियन्त्रणका साथै आवश्यक सहयोग उपलब्ध गराउने कामको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरेकोले त्यस संगठनलाई पनि आवश्यक सहयोग गर्ने बताइएको थियो ।

हाल विश्वमा कोरोना भाइरसको खोप वितवरण भइरहेको र त्यस खोप सबैलाई उपलब्ध हुन नसक्ने अवस्था आएमा कोभ्याक्सका माध्यमबाट दिने सहयोगका लागि पनि विश्व स्वास्थ्य संगठनका माध्यमबाट सहयोग उपलब्ध गराउने सहमति सो बैठकमा भएको थियो ।

यस जी ७ मा क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेका छन् । यस संगठनको बैठक शुक्रबार लन्डनबाट बेलायतका प्रधानमन्त्री जोन्सनले सञ्चालन गरेका थिए । रासस/सिन्ह्वा

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १ : ३२ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई