२० प्रतिशत जनतालाई पुग्ने कोरोनाको खोप ल्याइँदै « Khabarhub

२० प्रतिशत जनतालाई पुग्ने कोरोनाको खोप ल्याइँदै


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो। स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउन थालेको जानकारी दिए।

उनका अनुसार २० प्रतिशतलाई दिइने भनेको खोप कोभ्याक्सले एकैपटक नभई पटकपटक पठाउने छ। विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइअन्स’ (गाभी) लगायत संस्थाले निम्न आय मुलुक भएका देशलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ।

‘कोभिशिल्ड’ खोप विश्व स्वास्थ्य सङ्गठनमा सूचिकृत भएकोले नै कोभ्याक्सले सोही खोप पठाउन थालेको हो। यसअघि नेपालमा उक्त खोप लगाउन थालिएको छ। भारत सरकारले उपलब्ध गराएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेबाट लगाउन थालिएको हो। सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ।

केही दिनअघि मात्र सरकारले कोभिशिल्ड २० लाख मात्रा खोप किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ। उक्त खोप केही हप्तामा आउने आउने उनले बताए। सोही किनेको खोप यही फागुन २३ गतेदेखि ५५ वर्षभन्दामाथिका व्यक्तिलाई लगाइने भएको छ।

यस्तै चीन सरकारले पनि सरकारलाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ। चीनले ‘भेरोसिल’ नामक खोप उपलब्ध गराउने भनेको छ। उक्त खोप औषधि व्यवस्था विभागले समेत सूचिकृत गरिसकेको छ।

खोप सोमबारसम्म

यसैगरी पहिलो चरणको खोपअन्तर्गत दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आगामी सोमबारसम्म खोप लगाइने भएको छ। शनिबारसम्म मात्र खोप लगाइएकाले थप दुई दिन खोप लगाउने समय बढाएको खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिए।

दोस्रो चरणमा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, वित्तीय संस्थाका कर्मचारी, पत्रकार र अग्रपङ्क्तिमा काम गर्नेलाई खोप लगाइरहेका छन्। उनका अनुसार अहिले तीन लाख ८४ हजार जनाले खोप लगाइसकेको छन्।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ५ : ०० बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै