२० प्रतिशत जनतालाई पुग्ने कोरोनाको खोप ल्याइँदै | Khabarhub Khabarhub

२० प्रतिशत जनतालाई पुग्ने कोरोनाको खोप ल्याइँदै


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो। स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउन थालेको जानकारी दिए।

उनका अनुसार २० प्रतिशतलाई दिइने भनेको खोप कोभ्याक्सले एकैपटक नभई पटकपटक पठाउने छ। विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइअन्स’ (गाभी) लगायत संस्थाले निम्न आय मुलुक भएका देशलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ।

‘कोभिशिल्ड’ खोप विश्व स्वास्थ्य सङ्गठनमा सूचिकृत भएकोले नै कोभ्याक्सले सोही खोप पठाउन थालेको हो। यसअघि नेपालमा उक्त खोप लगाउन थालिएको छ। भारत सरकारले उपलब्ध गराएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेबाट लगाउन थालिएको हो। सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ।

केही दिनअघि मात्र सरकारले कोभिशिल्ड २० लाख मात्रा खोप किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ। उक्त खोप केही हप्तामा आउने आउने उनले बताए। सोही किनेको खोप यही फागुन २३ गतेदेखि ५५ वर्षभन्दामाथिका व्यक्तिलाई लगाइने भएको छ।

यस्तै चीन सरकारले पनि सरकारलाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ। चीनले ‘भेरोसिल’ नामक खोप उपलब्ध गराउने भनेको छ। उक्त खोप औषधि व्यवस्था विभागले समेत सूचिकृत गरिसकेको छ।

खोप सोमबारसम्म

यसैगरी पहिलो चरणको खोपअन्तर्गत दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आगामी सोमबारसम्म खोप लगाइने भएको छ। शनिबारसम्म मात्र खोप लगाइएकाले थप दुई दिन खोप लगाउने समय बढाएको खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिए।

दोस्रो चरणमा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, वित्तीय संस्थाका कर्मचारी, पत्रकार र अग्रपङ्क्तिमा काम गर्नेलाई खोप लगाइरहेका छन्। उनका अनुसार अहिले तीन लाख ८४ हजार जनाले खोप लगाइसकेको छन्।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ५ : ०० बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही