दाहाल-नेपाल समूहलाई पार्टीमै फर्किन प्रधानमन्त्री ओलीको आग्रह | Khabarhub Khabarhub

दाहाल-नेपाल समूहलाई पार्टीमै फर्किन प्रधानमन्त्री ओलीको आग्रह


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दाहाल-नेपाल समूहलाई पार्टीमै फर्किन आग्रह गरेका छन् ।

ओली समूहले शनिबार विराटनगरमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल-प्रचण्डहालै अझै केही नबिग्रिएको बताउँदै पार्टीमै फर्किन आग्रह गरेका हुन ।

उनले भने, ‘अझै म भन्न चाहान्छु, यो जनताको सागरमा मिसिनुहोस्, भिरबाट लड्न लागेको गोरुलाई राम–राम भन्न मात्र सकिन्छ, काँध नै थाप्न सकिन्न ।’

उनले ‘प्रचण्ड’लाई गलत बाटोमा हिँडेको आरोप समेत लगाए ।

उनले भने, ‘प्रचण्डजीको त मलाई माया लाग्छ । पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्रीमा हुनुहुन्छ । अब उनलाई झाँक्रीले बचाउन सक्दैनन् । उहाँ गलत बाटोमा हुनुहुन्छ । सिद्धिइसकेका प्रचण्डलाई मैले जुरो हाल्देको थिएँ, सिंङ हाल्देको थिए, लामो सिंङ भएपछि हामीलाई सिध्याउन खोज्नुभयो, आफैँ सकिएको पत्तो छैन ।’

उनले सरकार विकासको गतिमा दृढ रहेको बताए । दाहाल–नेपाल समूहलाई लक्षित गर्दै उनले भने, ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।’

उनले केही मानिसहरु यो पार्टी सिध्याउनका लागि, नेपालबाट कम्युनिस्ट आन्दोलन सकाउन गुटको खेतीमा तल्लिन भएको आरोप लगाए ।

उनले भने, ‘उनीहरुले अस्ती केपी ओलीजी जनताको सभा हेर्न यता आउनुहोस् भनेर धाक लगाउँदै थिए, म भन्न चाहान्छु तपाईंहरु यता आउनुस् जनसभा हेर्न, आजको सभा कत्रो छ भन्ने ।’

उनले विराटनगरको जनसभालाई ड्रोनले समेत खिच्न नसकेको दाबी गरे ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ५ : ०९ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

आज २०८२ साल वैशाख २७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

जस्टिस समिट २०२५ : जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

काठमाडौं – जातीय छुवाछुत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी

पौडी खेल्ने क्रममा वेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो

गोरखा – गोरखा नगरपालिका–१० छेबेटारस्थित दरौदी नदिमा पौडि खेल्ने क्रममा

फिरोजपुरमा पाकिस्तानी ड्रोन आक्रमण, तीन जना घाइते

काठमाडौं – पाकिस्तानले गरेको ड्रोन आक्रमणमा भारतको फिरोजपुरमा तीन जना