सामाजिक सञ्जालको दुरुपयोग रोक्न युवा संघले ‘साइबर सेना’ गठन गर्दै « Khabarhub

सामाजिक सञ्जालको दुरुपयोग रोक्न युवा संघले ‘साइबर सेना’ गठन गर्दै


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय युवा संघ नेपालले संगठनभित्र साइबर सेनाको युनिट निर्माण गर्ने भएको छ ।

माघ २५ र २६ गते काठमाडौमा बसेको दोश्रो केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष बचन बहादुर सिंहले संगठनभित्र साइबर सेनाको युनिट निर्माण जानकारी दिएका हुन् ।

साइबर सेना प्रत्येक तहको कमिटी प्रणालीमा निर्माण गरिने उनले बताए । उनले उक्त युनिटले संगठनको आचारसंहितभित्र रही काम गर्ने बताए ।

बौद्धिक अराजकताबादीहरुले मुलुकको मार्गचित्रलाई भ्रमित गर्ने कार्य गरेकाले साइबर सेनाको युनिटले त्यसलाई निगरानी गर्ने उनको भनाइ छ ।

सामाजिक सञ्जललाई दुरुपयोग गरेर व्यक्तिगत चरित्र हत्या गर्ने काम भएकाले त्यसलाई दुरुत्साहन गर्न पनि युनिट स्थापना गर्न लागिएको उनले बताए ।

त्यस्तै उनले संगठनभित्रको कार्यविभाजनमा एकलौटी र एकपक्षीय नरहेको दाबी गरे । बैठकले नेकपाका नेताहरुलाई जिताउन संक्रिय ढंगले लाग्ने निर्णय गरेको जानकारी दिए ।

संगठनले चैत्र मसान्त भित्र ७७ जिल्ला, सबै संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, सवै स्थानीय तहदेखि वडा कमिटी गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै चैत्र मसान्त भित्र ५ लाख सदस्यता वितरण गर्ने अध्यक्ष सिंहले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ६ : २६ बजे

स्थानीय पाठ्यक्रममा देवघाटधामको पहिचान र संस्कृति समेटियो 

तनहुँ– देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय

सडक सुविधाले किचकबध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा– प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद बैठक बसिरहेको छ ।

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान सुरु (तस्बिरहरू)

काठमाडौँ– सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट