सामाजिक सञ्जालको दुरुपयोग रोक्न युवा संघले 'साइबर सेना' गठन गर्दै | Khabarhub Khabarhub

सामाजिक सञ्जालको दुरुपयोग रोक्न युवा संघले ‘साइबर सेना’ गठन गर्दै


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय युवा संघ नेपालले संगठनभित्र साइबर सेनाको युनिट निर्माण गर्ने भएको छ ।

माघ २५ र २६ गते काठमाडौमा बसेको दोश्रो केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष बचन बहादुर सिंहले संगठनभित्र साइबर सेनाको युनिट निर्माण जानकारी दिएका हुन् ।

साइबर सेना प्रत्येक तहको कमिटी प्रणालीमा निर्माण गरिने उनले बताए । उनले उक्त युनिटले संगठनको आचारसंहितभित्र रही काम गर्ने बताए ।

बौद्धिक अराजकताबादीहरुले मुलुकको मार्गचित्रलाई भ्रमित गर्ने कार्य गरेकाले साइबर सेनाको युनिटले त्यसलाई निगरानी गर्ने उनको भनाइ छ ।

सामाजिक सञ्जललाई दुरुपयोग गरेर व्यक्तिगत चरित्र हत्या गर्ने काम भएकाले त्यसलाई दुरुत्साहन गर्न पनि युनिट स्थापना गर्न लागिएको उनले बताए ।

त्यस्तै उनले संगठनभित्रको कार्यविभाजनमा एकलौटी र एकपक्षीय नरहेको दाबी गरे । बैठकले नेकपाका नेताहरुलाई जिताउन संक्रिय ढंगले लाग्ने निर्णय गरेको जानकारी दिए ।

संगठनले चैत्र मसान्त भित्र ७७ जिल्ला, सबै संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, सवै स्थानीय तहदेखि वडा कमिटी गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै चैत्र मसान्त भित्र ५ लाख सदस्यता वितरण गर्ने अध्यक्ष सिंहले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ६ : २६ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका