पूर्व मन्त्री तामाङ र नेतृ राई ओली समूहमा फर्किए « Khabarhub

पूर्व मन्त्री तामाङ र नेतृ राई ओली समूहमा फर्किए


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमन्त्री एवं नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई केपी शर्मा ओली समूहमा फर्किएका छन् ।

नेकपा ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उनीहरु आफ्नो समूहमा फर्किएको बताएका हुन् ।

प्रचण्ड–नेपाल समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि  उनीहरु ओली समूहमा फर्किएको उनले बताए ।

पार्टी कार्यक्रमका शिलशिलामा आफू सिन्धुपाल्चोकमा रहेको बताउँदै पूर्वमन्त्री तामाङले प्रचण्ड–नेपाल समूहको दृष्टिकोण गलत भएकाले आफूले केपी ओलीलाई साथ दिने निष्कर्षमा पुगेका छन् ।

संसद विघटन प्रधानमन्त्रीको राजनीतिक कदम भएको बताउँदै नेता तामाङले अदालतले गर्ने फैसला सबैले स्वीकार गर्नुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि तामाङ दम्पती  प्रचण्ड–नेपाल समूहलाई साथ दिँदै आएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ४ : ४१ बजे

स्थानीय पाठ्यक्रममा देवघाटधामको पहिचान र संस्कृति समेटियो 

तनहुँ– देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय

सडक सुविधाले किचकबध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा– प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद बैठक बसिरहेको छ ।

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान सुरु (तस्बिरहरू)

काठमाडौँ– सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट