ओलीको कदमले आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्यो : नेता घिमिरे « Khabarhub

ओलीको कदमले आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्यो : नेता घिमिरे


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गुरुराज घिमिरेले प्रधानमन्त्रीको कदमले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा पैदा भएको आरोप लगाएका छन् ।

बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संसद विघटनको कदमले मुलुक संकटमा परेको र प्राप्त उपलब्धि गुम्ने खतरा पैदा भएको आरोप लगाएका हुन् ।

उनले आन्दोलनमा केपी ओलीको कुनै भूमिका नरहेको र विभिन्न उपलब्धिमा कुनै मोह नभएको आरोप लगाए ।

तत्कालीन अवस्थामा ओलीले मात्र नभएर नेकपाका अन्य नेताहरुका कारण नै गत निर्वाचनमा धेरै भोट आएको भन्दै घमण्ड गर्न नसुहाउने तर्क गरे ।

घिमिरेले ओलीको क्रियाकलाप तानाशाह भन्दा कम नरहेको टिप्पणी गरे । उनले नेपालको राजनीति संघर्षको विन्दुमा प्रवेश गर्न खोजेको भन्दै सचेत रहनुपर्ने जिकिर गरे ।

कार्यक्रममा अन्य नेताहरुले प्रजातन्त्र प्राप्तिका लागि कांग्रेसका अग्रह नेताहरुले खेलेको भूमिकालाई पार्टीले बिर्सन नहुने धारणा राखेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : ०२ बजे

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधाम– सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव,

सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली

काठमाडौं- प्रहरीले गत आइतबार सुनसरीको देवानगञ्जमा अपनाएकै तरिकाको प्रयोग सिरहाको

विपक्षीले जवाफ माग्दा सदन नै स्थगित

काठमाडौं– देशमा भएको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला