ओलीको कदमले आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्यो : नेता घिमिरे | Khabarhub Khabarhub

ओलीको कदमले आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्यो : नेता घिमिरे


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गुरुराज घिमिरेले प्रधानमन्त्रीको कदमले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा पैदा भएको आरोप लगाएका छन् ।

बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संसद विघटनको कदमले मुलुक संकटमा परेको र प्राप्त उपलब्धि गुम्ने खतरा पैदा भएको आरोप लगाएका हुन् ।

उनले आन्दोलनमा केपी ओलीको कुनै भूमिका नरहेको र विभिन्न उपलब्धिमा कुनै मोह नभएको आरोप लगाए ।

तत्कालीन अवस्थामा ओलीले मात्र नभएर नेकपाका अन्य नेताहरुका कारण नै गत निर्वाचनमा धेरै भोट आएको भन्दै घमण्ड गर्न नसुहाउने तर्क गरे ।

घिमिरेले ओलीको क्रियाकलाप तानाशाह भन्दा कम नरहेको टिप्पणी गरे । उनले नेपालको राजनीति संघर्षको विन्दुमा प्रवेश गर्न खोजेको भन्दै सचेत रहनुपर्ने जिकिर गरे ।

कार्यक्रममा अन्य नेताहरुले प्रजातन्त्र प्राप्तिका लागि कांग्रेसका अग्रह नेताहरुले खेलेको भूमिकालाई पार्टीले बिर्सन नहुने धारणा राखेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : ०२ बजे

प्रतिनिधिसभा बैठक बस्दै, निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो

सातवटै प्रदेशमा वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलको टेलिभिजनमा आक्रमण गर्ने इरानको चेतावनी

तेहरान – इजरायल र इरानले सञ्चार माध्यममै आक्रमण सुरु गरेका

फिफा क्लब विश्वकप : ब्राजिलियन बोटाफेगोको जित

काठमाडौं – फिफा क्लब विश्वकपको सोमबार भएको खेलमा बोटाफेगोले सिटललाई

इरानको तेहरान छाड्न स्थानीयलाई ट्रम्पको सुझाव

काठमाडौं – इरान र इजरायलको युद्ध बढ्दै गएपछि अमेरिकी राष्ट्रपति