प्रधानमन्त्री ओली ‘सत्ता उन्मादले मात्तिएको’ नेता नेपालको आरोप « Khabarhub

प्रधानमन्त्री ओली ‘सत्ता उन्मादले मात्तिएको’ नेता नेपालको आरोप


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– पूर्वप्रधानमन्त्री तथा नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ‘सत्ता उन्माद’ले मात्तिएको आरोप लगाएका छन् ।

नेकपा दाहाल–नेपाल समूहद्वारा संखुवासभामा भएको विरोधसभालाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री ओलीले सत्तामा पुगेपछि समाजवाद र जनतालाई बिर्सिएको आरोप लगाएका हुन्।

सम्बोधनकै क्रममा नेता नेपालले ओलीले संसद विघटन गरेर सिंगो देशमा आगो लगाएको समेत आरोप लगाए । ओलीलाई जंगली ‘मत्ता हात्ती’को संज्ञा दिँदै उनले पदको गरिमा राख्न नसकेको समेत बताए ।

उनले भने, ‘मुलुक गफ र उखान–टुक्काले मात्रै चल्दैन, अब ओलीको पतन सुरु भइसक्यो, चाँडै जनताले उनलाई बालुवाटारबाट बालकोट लखेट्छन् ।’

लामो समयको संघर्ष बलिदानबाट ल्याइएको संविधान प्रधानमन्त्री ओलीको सनकले खतरामा परेको उनले आरोप लगाए। उनले भने,‘ओलीले श्री ३ बनेर संविधान च्यात्न खोजे। पार्टी बचाउन अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धेरै पटक त्याग गर्नुभयो तर, सकिए।’ उनले चाँडै संसद पुर्नस्थापना हुने ठोकुवा गरे।

विरोधसभामा नेकपाका अर्का नेता वर्षमान पुनले पार्टी, सरकार र जनमतमा तिरस्कृत भएपछि ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाएको टिप्पणी गरे ।

प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई सच्याउन सडक आन्दोलन र शक्ति प्रदर्शन नै उपयुक्त विकल्प भएको उनको तर्क थियो । विरोध सभामा नेतृ रामकुमारी झाँक्रीले ओलीले जनताबाट तिरस्कृत भएपछि संसद विघटन गरेको आरोप लगाइन ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : ५४ बजे

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधाम– सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव,

सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली

काठमाडौं- प्रहरीले गत आइतबार सुनसरीको देवानगञ्जमा अपनाएकै तरिकाको प्रयोग सिरहाको

विपक्षीले जवाफ माग्दा सदन नै स्थगित

काठमाडौं– देशमा भएको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला