बाबुराम भट्टराई उपचारका लागि दिल्ली प्रस्थान « Khabarhub

बाबुराम भट्टराई उपचारका लागि दिल्ली प्रस्थान


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

नेपाल एयरलाइन्सको जहाजमार्फत बिहान साढे ११ बजे भट्टराई दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौँको निदान अस्पतालमा उनको स्वस्थ्य परीक्षण तथा उपचार भइरहेको थियो ।

न्यूरो–इन्डोक्राइनको ट्युमर भएको आशंकामा चिकित्सकको सल्लाह तथा सिफारिसअनुसार दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा उपचार गराउनु हुने भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

भट्टराईसँग श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे दिल्ली गएका छन् । उपचारका लागि दिल्लीमा रहँदा भट्टराईको बसाइ दिल्लीस्थित नेपालको दूतावासमा हुने छ ।

दिल्ली प्रस्थान गर्नु पूर्व भट्टराईले नातिलगायतसँग विदावारी भएर स्वास्थ्य उपचारका निम्ति दिल्लीतिर लागियो भनेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै परिवारसहितको तस्वीर राखेका छन् ।

https://www.facebook.com/DrBaburamBhattarai/posts/2188133304657501

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ११ : ३६ बजे

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिकको माग गर्दै प्रदर्शन गर्ने युवाहरु पक्राउ

काठमाडौं -भदौ २३ र २४ गतेको घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको

मानवअधिकार आयोगको प्रतिवेदन माग्दै धर्ना बसेका युवालाई प्रहरीले उठायो

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले जेन-जी आन्दोलनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक

देशभर ३ हजार बढि निःशुल्क बेड उपलब्ध, प्रयोगमा १ सय ३५ मात्रै 

काठमाडौं– विपन्न, असहाय तथा वेवारिसे बिरामीको उपचारका लागि देशभरीका सरकारी

ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका

सरकारलाई घेर्ने तयारीमा विपक्षी दल, पहिलो बैठकमै प्रश्न उठाउने

काठमाडौं– सोमबार बस्न लागेको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमै विपक्षी