चीनबारेको क्लब हाउस एपको लोकप्रियता बढ्दो « Khabarhub

चीनबारेको क्लब हाउस एपको लोकप्रियता बढ्दो


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिंटन डीसी– अमेरीकी मोबाइल एप क्लब हाउसमा एक साता भित्रै हजारौं चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ता जोडिएका छन् ।

विश्वका विभिन्न ठाउँबाट जोडिएका चिनियाँ भाषीहरुले ताइवानी विषय तथा सिन्जियाङ प्रान्तमा मुस्लिम अलपसंख्यक उइघुरमाथि सरकारी दमनबारे आफ्नो अनुभव र छलफल गरेका छन्।

चीनको विवादित विषयहरु ताईवान र सिन्जियाङ क्षेत्रबारे छलफल र बहसका लागि एक साता मै हजारौं चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ता क्लब हाउस एपमा जोडिएका हुन् ।

सरकारको टिप्पणी, आलोचनामाथि कडा निगरानी हुने चीनमा यस्ता प्रकारका विषयहरुमा खुला बहस गर्न प्रतिबन्ध छ । पछिल्लो समय यो एप चीनमा पनि बिना भीपीएन् (भर्चुअल प्राइभेट नेटवर्क)मार्फत सञ्चालनमा आएको जनाइएको छ।

अडियो आधारको यो एपमा प्रयोगकर्ताहरुले जानकारीमुलक वार्तालाप गर्ने, छलफल तथा बहसहरु चलाउन सक्नेछन् । सन् २०२० मार्चमा बनेको क्लब हाउस एप हाल आइफोनमा मात्र उपलब्ध रहेको छ भने यस्को प्रयोगका लागि गैर–चिनियाँ (चीनमा नरहेको) एप्पल एकाउण्ट हुनुपर्ने ब्यबस्था छ ।

यो एप शिक्षित वर्गका लागि मात्र सहज भएको र चीनको सर्वसाधारणमा त्यती सहज पहुँच भए चीनले प्रतिबन्ध लगाउने निश्चित रहेको हङकङका प्राध्यापक फाङ केचेङले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ११ : ५२ बजे

आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा